खाेज्नुहाेस

चौकीडाँडा–फल्टुडे सडकका ठेकेदारले फेरी झुक्याए

Image

अत्तरिया – कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का पाएका ठेकेदारले पुनः झुक्याएका छन । पटकपटक काम सुरु गर्ने प्रतिवद्धता गरेर पन्छिदै आएका ठेकेदारले ताकेता गरेर काम सुरु गर्ने प्रतिवद्धता गरेर झुक्याएका हुन । असोज १४ गते भौतिक पूर्वाधार विकास कार्यालय धनगढीमा भएको त्रिपक्षीय छलफलपछि एडभेन्चर, थेगिङ, सनलाइट जेभिलाई असोज २४ गते र तेडी निर्माण सेवालाई असोज २० गते देखि काम सुरु गर्न ताकेता गरिएको थियो ।

छलफल कार्यक्रममा थेगिङ र तेडी निर्माण सेवा कम्पनीका ठेकेदार र प्रतिनिधि, भौतिक पूर्वाधार कार्यालय धनगढीका प्रमुख राम चन्द्र खत्री, गोदावरीका वडा अध्यक्ष भीम बहादुर खड्का, प्रेम सिह बडौला, रबिन्द्र शाही (गुड्डु), तेज बहादुर खड्का, चौकीडाँडा फल्टुडे सडक संघर्ष समितिका संयोजक रमेश ताम्राकार लगायतको सहभागिता रहेको थियो ।

add everest academy
attariya hospital

पटकपटक काम सुरु गर्ने प्रतिवद्धता गरी झुक्याउँदै आएका ठेकेदारहरूले लिखित सम्झौता गरेर पनि पुरानै प्रवृत्ति दोहोराएपछि कारवाहीको प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधार कार्यालय धनगढी जनाएको छ । असोज १४ गते भएको निर्णय अनुसार तोकिएको समयमा काम सुरु नगर्ने निर्माण कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधार कार्यालयका प्रमुख खत्रीले बताए । उनले कारवाहीको पहिलो चरणमा दुवै निर्माण कम्पनीबाट बैक ग्यारेन्टी गरिएको बैकबाट एपिजीको रकम माग दावी गरिएको बताए ।

navjiwan hospital

‘काम सुरु गर्ने निर्णय गरेको मितिबाट काम नभएपछि हामीले ठेकेदार कम्पनीहरूलाई दिइएको मोबिलाइजेसन पेस्की (एपिजी) रकम फिर्ता माग्नको लागि बैंकहरूलाई चिठी काटेका छौ’ उनले भने ‘पहिलो चरणमा हामीले काम सुरु गर्न चिठी लेखेका थियौ । दोस्रो चरणमा कारवाहीको प्रक्रिया अन्तरगत बैंकबाट एपिजी रकम फिर्ता लिएर तेस्रो चरणमा ठेक्का तोड्ने हो ।’

चौकीडाँडा फल्टुडे सडक अन्तरगत नहर देखि गोदावरी नगरपालिकाको वडा नम्बर १० कार्यालय सम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्न थेगिङ सँगै २०७७ भदौ १८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार १८ महिना भित्र काम सकिनु पर्ने भएपनि ३ वर्ष बितिसक्दा पनि हालसम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ । हाल उक्त सडक निर्माणको लागि तेस्रो पटक म्याद थप गरिएको छ । तर थपिएको म्यादमा पनि काम गर्न आनाकानी गरिएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको हो ।

attariya technical collage

वडा नम्बर १० कार्यालय देखि ३ किलोमिटर थप कालोपत्रे गर्न भौतिक पूर्वाधार विकास कार्यालय धनगढी नै २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग ठेक्का सम्झौता गरेको थियो । थेगिङकै जस्तै उक्त निर्माण कम्पनीले पनि हालसम्म काम सुरु नगरी ढिलासुस्ती गरिरहेको छ । भौतिक पूर्वाधार कार्यालयले तेडी सँग पहिलो पटक गरिएको सम्झौताको म्याद नसकिएको भएपनि प्रतिवद्धता गरे अनुसार काम सुरु नगरेकाले कारवाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

गोदावरीका वडा नम्बर ३, १०, ११ र १२ जोड्ने मुख्य सडकका रुपमा लिइने चौकीडाँडा फल्टुडे सडक लामो समय देखि कालोपत्रे गर्नका लागि प्रक्रिया अगाडि बढे पनि काम सम्पन्न हुन सकेको छैन । जसका कारण हाल सो क्षेत्रका बासिन्दाले हिलाम्मे र धुलाम्मे सडकबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।