खाेज्नुहाेस

युवालाई स्वदेशमै राख्ने वातावरण सृजना गर

Image

कृषि मार्फत भविष्य बनाउने सपना बुनेर सिप सिक्न विदेशीएका सुदूरपश्चिम विश्वविद्यालय स्नातक तहमा अध्ययनरत विद्यार्थीमध्ये १० जनाको सोमबार निधन भयो । कैलालीको टीकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरू इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा छनोट भएर गएका थिए । जादाँदेखि निकै उत्साहित बनेका उनिहरुमध्ये केहीले उतै प्राण त्याग्नुप-यो ।

प्यालेस्टायनी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना विद्यार्थीको ज्यान गइसकेको छ । १ जना सम्पर्क विहीन छन भने ४ जना घाइते छन । विश्वविद्यालयले एक महिना अघि मात्रै स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत ४९ जना विद्यार्थीहरूलाई इजरायल पठाएको थियो । उनीहरुलाई ६ वटा समूहमा विभाजन गरेर इजरायलका अलग–अलग कृषि फार्ममा पठाइएको थियो । उनीहरु मध्ये इजरायलको सेवती नेगेभमा कृषि फार्ममा कार्यरत १७ विद्यार्थी शनिबार प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परेका थिए । ति मध्ये २ जना सकुशल छन ।

attariya hospital
navjiwan hospital

विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने सर्त राखिएको थियो । तर, स्नातक तहको उपाधि संगै कमाई पनि हुने सपना देखेर इजराइन पुगेका विद्यार्थीले उतै ज्यानै गुमाउनु प¥यो । यसरी कामको सिलसिलामा विदेश गएर धेरैजसो नेपालीहरु दैनिक लास बनेर स्वदेश आउने फर्किन्छन । कतिपयको लासले आफन्तले देख्न समेत पाउँदैनन् । स्वेदशमा रोजगारी नहुँदा रोजगारीको लागि विदेशीनुबाहेक युवाहरुसँग विकल्प छैन । जसका कारण दैनिक सयाँैको संख्यामा नेपाली युवाहरु विदेशीन बाध्य छन ।

देशमा तिन तहका सरकार छन । तर युवाहरुलाई रोजगारी सृजना गर्ने योजना कुनै पनि सरकारले बनाउन सकेका छैनन् । काम गर्ने युवाहरुलाई स्वदेशमै रोकेर उनिहरुमार्फत देशलाई विभिन्न क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने खालका योजनाहरु ल्याउन सके युवाहरुले स्वदेशमै रोजगारी पाउँथे । उनिहरुले विदेशीनुपर्ने आवश्यकता हुदैनथ्यो । तर नेपालीको दुर्भाग्य भन्नुपर्छ, तिन तहका सरकार आएको ६ वर्ष पुरा भैसकेपनि त्यस्ता योजनाहरु बन्न सकेका छैनन् ।

विद्यार्थीहरु केही सिक्न र कमाउन विदेशीएका थिए । तर त्यहाँ उनिहरुले सोच्दै नसोचेको घटना घट्यो । यस्ता कयौँ घटनाहरुका कारण नेपालीहरुले ज्यान गुमाउन परिरहेको छ । तसर्थ नेपाल सरकारले युवाहरुलाई स्वदेशमै रोक्न सकिने खालका योजनाहरु निर्माण गर्न जरुरी छ । त्यसका लागि बजेट विनियोजीत गरेर युवाहरुको कार्यमार्फत देशलाई आर्थिक लाभ हुन सक्ने किसिमका योजनाहरु निर्माण गरिनुपर्दछ । जसले युवाहरुले पनि रोजगारी पाउन सक्छन भने देशले पनि आर्थिक लाभ लिन सक्छ ।