खाेज्नुहाेस

भारतीय पत्रकारहरूको घरमा दिल्ली प्रहरीको छापा

Image

भारतका पत्रकारहरूको घरमा दिल्ली प्रहरीले छापा मारेको छ। प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरू र न्युज क्लिकसँग सम्बन्धित व्यक्तिहरूका घरमा प्रहरीले छापा मारेको हो।

यसरी पत्रकारहरूको घरमा छापा मारिनुलाई चिन्ताजनक भएको प्रेस क्लब अफ इण्डियाले जनाएको छ। उसले निगरानी भइरहेको र यस विषयमा औपचारिक जानकारी दिन सरकारसँग माग गरेको छ।

attariya hospital
navjiwan hospital

यसअघि न्युज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो। यसविरुद्ध मु्द्दा विचाराधीन अवस्थामा छ। यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।

पत्रकार अभिसार शर्माले दिल्ली प्रहरीले आफ्नो घरमा छापा मारी ल्यापटप र फोन लगेको जानकारी दिएका छन्। समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले न्युज क्लिकसँग सम्बन्धित ३० बढी स्थानमा छापा मारिरहेको छ। पत्रकार भाषा सिंहले दिल्ली प्रहरीले आफ्नो घरमा छापा मारेर फोन लगेर गएको बताएकी छन्।

घटनाबारे आधिकारिक जानकारी नआएपनि चिनियाँ लगानीमा सञ्चालन गरेको न्युज क्लिकमाथि आरोप छ।