खाेज्नुहाेस

अत्तरियामा खुल्दै एकिकृत कृषि तथा पशुपंक्षी सेवा केन्द्र

Image

अत्तरिया – कैलालीको अत्तरियामा एकिकृत कृषि तथा पशु सेवा केन्द्र खुल्ने भएको छ । गोदावरी नगरपालिका क्षेत्रका किसानहरुको सहजताका लागि केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । बुधबारबाट केन्द्रको भवन निर्माणको काम थालनी गरिएको छ । नगरप्रमुख विरेन्द्र भट्टले नगरपालिकाको वडा नं. १ को कार्यालय नजिकै निर्माण थालिएको केन्द्र भवनको शिलान्यास गरेका छन ।

शिलान्यास पश्चात बोल्दै उनले किसानलाई कृषि र भेटेरीनरी का सेवाहरु दिने उद्देश्यका साथ नगरमा उक्त केन्द्रको भवन निर्माण थालिएको बताए । उनले उक्त भवनबाट ल्याब सहितका सेवाहरु दिन सकिने बताए । ‘यो भवन यहाँ ल्याउनका लागि सुरुदेखी नै पहल थियो, जे होस ल्याउन सफल भयौँ’ उनले भने ‘यसको निर्माणले भोलीका दिनमा यहाँका किसानहरुले मात्रै नभई आसपासका पालिकाहरुका किसानहरुले पनि ल्याब सहितको कृषि सेवा प्राप्त गर्नेछन भन्ने विश्वास लिएका छौ ।’

add everest academy
attariya hospital

उनले अत्तरिया क्षेत्रमा केन्द्रको ठुलो उपयोगीता रहने समेत बताए । उनका अनुसार नगरपालिकाको कृषि तथा पशु शाखाको समन्वयमा केन्द्रले किसानहरुका सम्पुर्ण समस्याहरुमा काम गर्नेछ । केन्द्र भवनको निर्माण भएर कार्य सुभारम्भ भएपश्चात करिब ९० प्रतिशत कृषि तथा पशुसम्बन्धीका सेवाहरु किसानहरुले केन्द्र भवनबाट पाउने उनले बताए । उनका अनुसार कार्यालयको प्रशासनिक खर्चका विषयमा भने केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।

navjiwan hospital

विश्व बैंकको लागत सहयोगमा कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्र्तगत रहेको ग्रामीण तथा आर्थिक विकास आयोजनाले कार्यान्वयन गर्ने गरी आर्थिक करिडर कार्यालय डडेल्धुराले ठेक्का प्रकृया मार्फत उक्त भवनको निर्माण सम्झौता गरेको छ । २०८१ असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी काठमाण्डौको सिनरजित विल्डर्स प्रा.लिसँग सम्झौता भएको आर्थिक करिडर कार्यालय डडेल्धुराका वरिष्ठ कृषि अधिकृत द्रोण बहादुर बुढाथोकीले जानकारी दिए । उनले महाकाली करिडोरमा जोडिएका १७ वटा पालिकाहरुमा आयोजनाले काम गरिरहेको बताए ।

attariya technical collage

उनले चालु आर्थिक वर्षमा महाकाली करिडोरसँग जोडिएका पालिकाहरुमध्ये १० वटा पालिकाहरुमा भवन निर्माणको काम भैरहेको जनाए । उनका अनुसार केन्द्रमार्फत कृषि तथा पशुका कार्यक्रमहरु, बालीका कार्यक्रमहरु तथा किसानहरुसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरु सञ्चालन गरिनेछन । उनले पालिकासँग समन्वय भएर नै केन्द्र सञ्चालनमा आइरहेकाले आगामी दिनहरुमा पालिकाको कृषि र पशु सेवा शाखाहरुले केन्द्रको भवनबाट नै सेवा दिने जानकारी दिए ।

ठेकेदार कम्पनिका स्थानिय प्रतिनिधि धुर्व कुँवरले आर्थिक करिडर डडेल्धुरा अन्र्तगतका १० वटा केन्द्र भवनहरुको कम्पनिले निर्माण थालेको बताए । प्राविधिकहरुको इष्टमेट अनुसार निर्माणको काम भैरहको बताउदै उनले सम्झौता अवधी भन्दा अगावै काम सक्ने लक्ष्य राखेको बताए । उनका अनुसार २ करोड ६ लाख ८५ हजारमा गोदावरीमा केन्द्र भवन निर्माण भैरहेको छ । जुन २ तले तथा १४ कोठे बन्ने छ ।