खाेज्नुहाेस

पहिरो पीडितको व्यवस्थापनमा ध्यान देउ

Image

गत साउन २२ गतेदेखि को अविरल वर्षाका कारण आएको पहिरोमा परेर विस्थापित भएका पहिरो पीडितहरु गोदावरी जंगलमा बस्न बाध्य छन । कैलालीको गोदावरी नगरपालिका –४ भ्यागुतेपानी, दोगाड, सलानीगडा लगायतका क्षेत्रबाट पहिरो पीडितहरू सोही वडाको गोदावरी सामुदायिक वन भित्र बसिरहेका छन ।

navjiwan hospital

२०६५ असोज ३ देखि ६ गते सम्म परेको अविरल वर्षाका कारण भ्यागुतेपानीको बस्ती नै धसेको थियो । तत्कालिन गोदावरी गाविस ८ र हालको गोदावरी नगरपालिका ४ मा पर्ने उक्त स्थानको बस्ती धसेपछि तत्कालिन गाविस र प्रशासनले वस्ती स्थानान्तरण गर्नुपर्ने रिपोर्टिङ गरेको थियो । तर बस्ती स्थानान्तरण नहुदा जोखिम मोलेर सोही क्षेत्रमा बस्दै आएका स्थानीयहरु गत साउनको वर्षाले आएको बाढीका कारण बस्ती छोड्न बाध्य भए । सरकारले समस्या नबुझ्दा स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । पछिल्लो २ वर्ष यता बर्षातमा गोदावरी नदीमा पानीको सतह पहिलेको तुलानामा बढी आएर पहिरो खस्न थालेपछि बस्ती जोखिममा पर्दा उनिहरुले बसाई सर्नुबाहेक अन्य विकल्प थिएन ।

attariya hospital

गत वर्ष पनि बस्ती स्थानान्तरणको आश्वासन पाएका उनीहरु जोखिम मोलेरै बसिरहेकै बेला साउन २२ गते गोदावरीमा आएको बाढीले बस्ती तहसनहस पारेपछि भने विस्थापित हुनुप¥यो । ११ दिन देखि सुदूरपश्चिम प्रदेशको अस्थाइ राजधानी तोकिएको क्षेत्र नजिकै जंगल क्षेत्रमा बसेका उनीहरुको अझै पनि बस्ती स्थानान्तरणको माग कायम नै छ। पछिल्लो समय देशभर डेंगीको प्रकोप बढीरहेका बेला भ्यागुतेपानीका स्थानीय भने जंगलमा वस्न बाध्य छन । उनिहरुलाई सर्पदंशको जोखिम पनि त्यत्तिकै छ । जंगलमा बसीरहेका उनिहरुको व्यवस्थापनमा कुनै पनि निकायले हालसम्म चासो दिएका छैनन ।

जंगलमा बसिरहेका उनीहरुले बस्ती स्थानान्तरणको माग गर्दै वडा, नगर, जिल्ला प्रशासनमा धाउन काम गरिरहेका छन । तर उनिहरुको माग भने सुनुवाई भएको छैन । प्राकृतिक विपत्तिले घरवार बिहिन बनेका उनिहरुलाई गास र बासको व्यवस्था गर्ने जिम्मेवारी सरकारको हो । सरकारले प्राकृतिक विपत्तिले घरबार विहिन बनेकाहरूको रेखदेख र सुरक्षाको जिम्मेवारी पनि लिनुपर्दछ । नागरिकको सुरक्षा र उनिहरुको गास, बाँसको व्यवस्था गर्ने कार्यमा ढिलाइ गरिनु हुदैन। पहिरोका कारण बस्ती विस्थापित हुँदा समस्यामा परेका उनिहरुको मर्का बुझि बस्ती स्थानान्तरणमा सरकारले तदारुकता देखाउन जरुरी छ ।