पदम बहादुर महता/साउँदी – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । ‘आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा’ भन्ने मुल नाराका साथ ‘२९ औं विश्व आदिवासी दिवस’ एवम् पाचौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको हो ।

विभिन्न नेपाली मौलिक संस्कार, संस्कृति झल्किने सांस्कृतिक कार्यकमका साथ पाचौं राष्ट्रिय महाधिवेशन आगामी अगस्ट १८, शुक्रबारका दिन आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार, सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस–२०२३’ का साथै राष्ट्रिय महाधिवेशन विविध सांस्कृतिक कार्यक्रमका बीच बिहान ११ः०० बजे देखि साझ ६ः०० बजे सम्म आयोजना गरिने कार्यतालिका तयार गरिएको छ ।
कार्यक्रमको सम्पुर्ण अन्तिम तयारीको लागि नेफिन साउदी अरबका सम्पुर्ण पदाधिकारी सम्मिलित छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो ।


















