खाेज्नुहाेस

अत्तरिया खानेपानीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

Image
अत्तरिया – अत्तरिया साना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । १७ औँ साधारण सभा अन्तर्गत सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । जसअन्तर्गत हर्क बहादुर शाह, राजेन्द्र खड्का, नन्दराज भट्ट, गणेश शाह र राज बहादुर खड्काले उम्मेदवारी दर्ता गराएको निर्वाचन सचिवालयले जनाएको छ ।
attariya hospital
अध्यक्षका लागि ४ जनाले टिम सहित उम्मेदवारी दर्ता गरेका छन् । जसअन्तर्गत हर्क बहादुर शाह, राजेन्द्र खड्का, गणेश शाह र राज बहादुर खड्काले टिम सहित उम्मेदवारी दर्ता गरेका छन् ।
हर्क बहादुर शाहको टिमको उपाध्यक्षमा प्रेम सिंह कडायत, महासचिवमा धनराज विष्ट  जोशी, कोषाध्यक्षमा नर बहादुर बलायर र सचिवमा मदन राज शर्मा (जोशी) रहेका छन् ।  सदस्यमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, सितादेवी सोप, मनीषा राना, शकुन्तला कुमारी पाण्डे, सुरज जोशी रहेका छन् ।
navjiwan hospital
यस्तै राजेन्द्र खड्का नेतृत्वको  टिममा उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद  र सचिवमा छबिन्द्र नाथ योगी रहेका छन् । सदस्यमा रमेश कडायत, वीर बहादुर विश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, खिमा देवी ओझा र राधा विष्ट कुँवर रहेका छन् ।
राज बहादुर खड्का प्यानलबाट उपाध्यक्षमा चन्द्र सिंह धामी, कोषाध्यक्षमा सुरेन्द्र बहादुर साउँद र सदस्यमा नन्दा देवी कामीले उम्मेदवारी दिएका छन् ।
गणेश शाह प्यानलबाट उपाध्यक्षमा पुष्प राज चटौत, महासचिवमा तीर्थ राज ओझा, कोषाध्यक्षमा बाबु राम बलमपाकी, सचिवमा टेक बहादुर मल्लले उम्मेदवारी दिएका छन् । सदस्यमा अमुना देवी चौधरी, हेमा कुमारी चन्द, हेमा नौन्याल, धना खत्री, चक्र बहादुर देउवा, तेज राज भट्टले उम्मेदवारी दिएका छन् ।
यस्तै गोरख बहादुर कडायतले महासचिव, राम दत्त भट्ट, सकुन्तला सोव, उर्मिला बोगटीले सदस्यमा व्यक्तिगत उम्मेदवारी दिएका छन् । निर्वाचन कार्य तालिका अनुसार संस्थाको नयाँ कार्यसमिति चयनका लागि वैशाख २६ गते मतदान हुने कार्यक्रम रहेको छ । संस्थाका  ५ हजार ७ सय ४२ उपभोक्ता रहेका छन् ।