कञ्चनपुर – कञ्चनपुरमा अटोबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–५ गर्जमनीस्थित भित्रि सडक खण्डमा अटोबाट खसेर ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको हो ।

सुपप्र ०१–००२ स ०१६८० नम्बरको अटोबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि अटो र चालक शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २८ वर्षीय नरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















