अत्तरिया – अत्तरिया साना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षका लागि १ एकल र २ टिम गरि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन । १७ औँ साधारण सभा अन्तर्गत आज साँझ ४ बजे सम्म उम्मेदवारी मनोनयको समय तोकिएकोमा दिउँसो २ बजे सम्म ३ जनाले उम्मदेवारी दर्ता गराएका हुन ।
जसअन्तरगत हर्क बहादुर शाह, राजेन्द्र खड्का नेतृत्वमा टिम दर्ता गरिएको छ भने नन्दराज भट्टले एकल उम्मेदवारी दर्ता गराएका छन् ।

हर्क बहादुर शाहको टिमको उपाध्यक्षमा प्रेम कडायत, महासचिवमा धनराज बिष्ट जोशी, कोषाध्यक्षमा नर बहादुर बलायर र सचिवमा मदन शर्मा रहेका छन् ।

त्यस्तै सदस्यमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, सितादेबी सोप, मनिषा राना, शकुन्तला कुमारी पाण्डेय, सुरज जोशी रहेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार संस्थाको नयाँ कार्यसमिति चयनका लागि वैशाख २६ गते मतदान हुने कार्यक्रम रहेको छ । संस्थाका ५ हजार ७ सय ४२ उपभोक्ता रहेका छन् ।
यस्तै राजेन्द्र खड्का नेतृत्वको टिममा उपाध्यक्षमा लक्ष्मण कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्र नाथ योगी रहेका छन् ।
यस्तै सदस्यमा रमेश कडायत, बीर बहादुर बिस्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देबी साउँद, खिमा देबी ओझा र राधा बिष्ट कुँवर रहेका छन् ।


















