खाेज्नुहाेस

ब्याङ्गलोरमा रेलबाट खसेर बेलौरीकी थोमाको मृत्यु, शव घर ल्याउन सहयोगको अपिल

Image

बेलौरी– कञ्चनपुर बेलौरीकी एक वृद्धाको भारतमा रेलबाट खसेर मृत्यु भएको छ । भारतको ब्याङ्गलोर जाने क्रममा बेलौरी नगरपालिका– १० भुडा बस्ने ५९ वर्षीया थोमा दमाईको रेलबाट खसेर मृत्यु भएको हो ।

navjiwan hospital

ब्याङ्गलोर बस्ने छोरी भेट्न जाने क्रममा कोलोरुल भन्ने ठाउँमा रेलबाट खसेर थोमाको मृत्यु भएको उनका श्रीमान धने दमाईले बताए । ‘छोरीले भेटन बोलाएकी थिइन, कान्छो छोरा सङ्ग गएकी थिइन’ मृतकका श्रीमान धने दमाईले भने ‘सोमबार बिहान ट्वाईलेट जान्छु भनेर गएकी थिईन तर अर्को स्टेसन पुग्दा छोराले आमा नदेखेर खोजी गर्दा रेलको पट्टि नजिक खसेको अवस्थामा मृत भेटिएकी थिइन ।’

godawari nagarpalika dadhelo
attariya hospital

उनका अनुसार अहिले उनको शव आनन्दपुर अस्पतालमा राखिएको छ । मंगलबार पोष्टमार्टम भएपछी शव घर ल्याइने उनले बताए । शव नेपाल ल्याउन उनले आर्थिक सहयोगका लागि अपिल समेत गरेका छन । ब्याङ्गलोरबाट शव नेपाल ल्याउन २ लाख बढी लाग्ने भएकोले नबिल बैंकको खाता नम्बर २४८१००१७५०७५३८ मा सहयोग गर्न उनले आग्रह गरेका छन ।