बेलौरी – कञ्चनपुरको बेलौरीबाट प्रहरीले ईलेक्ट्रोनिक (ईभी ) स्कुटर सहित एक जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले शुक्रवार बिहान बेलौरी नगरपालिका ६ बैशाखाबाट ईभी स्कुटर सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने पिलिभित जिल्ला बस्ने २७ वर्षीय रियाज अन्सारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्सारी र स्कुटरलाई प्रहरीले आवश्यक कार्वाहीको लागी त्रीनगर भन्सार कार्यालय धनगढी पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अन्सारीले उक्त स्कुटी भारतबाट नेपाल भित्र्याई बिक्री गर्ने गरेका थिए ।
















