खाेज्नुहाेस

भान्सामा बिषादीयुक्त तरकारी पुग्ने जोखिम बढ्यो

Image

अत्तरिया – सुदूरपश्चिमका बजारमा तरकारी आयात निर्यात गर्ने कृषि उपज थोक बजार अत्तरियामा गरिने विषादी परिक्षण रोकिएको छ । तरकारी, फलफुलमा बिषादी परिक्षण गर्ने किट सकिएपछि परिक्षण रोकिएको हो ।

दैनिक औषत १० नमुनाको विषादी परिक्षण गरिरहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइ अत्तरियाले किट सकिएपछि शनिबारबाट परिक्षण रोकिने जनाएको छ । शुक्रबार मात्रै उक्त कार्यालयले ६ वटा नमूना परिक्षण गर्दा एक नमूनामा खान नमिल्ने बिषादीे भेटिएको थियो ।

attariya hospital

कार्यालयका प्रमुख तथा बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाले भेडे खुर्सानीमा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट प्रतिशत भेटिएकाले नष्ट गरिएको बताए । उक्त भेडे खुर्सानी कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिले शुक्रबार बिहान मात्रै सल्यानबाट ल्याएको थियो ।

बाली संरक्षण अधिकृत ठगुन्नाले कार्यालयमा बिषादी परिक्षण गर्ने किट सकिएकाले शनिबार देखि परिक्षण गर्न नसकिने बताए । हाल उक्त कार्यालयले कृषि उपज थोक बजार संगै अन्य तरकारी बजारबाट पनि तरकारी फलफुलका स्याम्पल संकलन गरेर विषादी परिक्षण गर्दै आएको थियो । दैनिक रुपमा गरिने परिक्षणका क्रममा बिषादीको मात्रा भेटिदै आएकोमा परिक्षण नै बन्द भएपछि भने भान्सामा बिषादी पुग्ने जोखिम बढेको छ ।

navjiwan hospital

उक्त कार्यालयले यलो लेवलको बिषादीको मात्रा भेटिए केही दिन स्टक गरेर बजारमा पठाउँदै आएको छ भने रेड लेवलको अर्थात ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिए नष्ट गर्दै आएको छ । सुदूरपश्चिममा गत आर्थीक बर्षमा १३ तरकारीका नमूनामा रेड लेवल विषादी भेटिएको थियो ।

न्यून मात्रामा परिक्षण हुँदा पनि केही हदसम्म उपभोक्ताको भान्सामा बिषादीयुक्त तरकारी जानबाट रोकिएको भएपनि परिक्षणनै रोकिने भएपछि जोखिम झन बढेको छ । बाली संरक्षण अधिकृत ठगुन्नाले पुरानो आर्थीक बर्षको स्टक परिक्षण किट सकिएको र नयाँ कहिले आउने भन्नेमा अन्योल कायम रहेको बताए । उनले नयाँ आर्थीक बर्षमा कार्यालय पनि नियमित संचालन हुने नहुनेमा अन्योल भएको बताए । विषादी अवशेष दु्रत विश्लेषण इकाइ अत्तरियाको कार्यालयलाई सीमामा रहेका विषादी परिक्षण कार्यालयमा गाभ्ने बिषयमा पनि छलफल अगाडी बढेको उनले बताए ।

प्रदेश भरीनै तरकारी तथा फलफुलको कारोबार हुने बजारमा रहेको बिषादी परिक्षण कार्यालयमा बिषादी परिक्षण रोकिएको भएपनि नगरपालिका भने बेखबर रहेको छ । विषादी अवशेष दु्रत विश्लेषण इकाइ संचालन समितिकी अध्यक्ष समेत रहेकी उपप्रमुख शारदा रोकायाले किट सकिएर परिक्षण रोकिन लागेको बिषयमा आफूलाई जानकारी नभएको बताइन् । उनले भनीन् ‘किट सकिएका कारण परिक्षण रोकिएको भए किट आएपछि परिक्षण सुरु होला । यसको बारेमा मलाइ जानकारी छैन ।’

विषादी अवशेष दु्रत विश्लेषण इकाइका कर्मचारीहरुले भने नगरका उपप्रमुखको अध्यक्षतामा कार्यालय संचालन भएपनि नगरबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन । ‘कार्यालयमा के भइरहेको छ । तरकारी फलफुलमा बिषादी परिक्षण भइरहेको छ या छैन भनेर अनुगमन गर्न त परको कुरा बोलाएको समयमा पनि नगरबाट मान्छे आइदिदैनन्’ कार्यालका एक कर्मचारीले भने ‘नगरले किसानको भान्छामा बिषादी नपुगोस् भनेर सक्रिय भएर लाग्नुपर्नेमा बेवास्ता गरेका छन ।’

कार्यालयले बिषादीयुक्त भेटिएको फलफुल तरकारी नष्ट गर्न पनि समस्या झेल्दै आएको छ । बिषादीयुक्त तरकारी फुलफुललाई खाल्डोमा हालेर पुर्नुपर्ने भएपनि कार्यालय संग खाल्डो खनेर पुर्ने जनशक्ति र बजेटको व्यवस्था नहुँदा समस्या झेल्दै आएको छ । नगरपालिकाले खाल्डो खल्न जेसिवी सहयोग गर्दै आएको भएपनि समयमा उपलब्ध नगराइदिदा बिषादीयुक्त तरकारी फलफुल विसर्जन गर्न समस्या हुने गरेको छ ।