धनगढी – वरिष्ठ संगितकार तथा गायक सिसिर साधक सम्मानित भएका छन् । राष्ट्रिय नाचघर जमलमा भएको रिबन इन्टरटेन्मेन्टुले आयोजना गरेको राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान कार्यक्रममा साधक सम्मानित भएका हुन् ।

साधकले ‘नदोस तिम्रो नदोस मेरो’ गीतबाट उत्कृष्ट सङ्गीतकारको अवार्ड पाएका हुन् । उनलाई प्रथम उप–राष्ट्रपति परमानन्द झाले अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा गायिका देवीका वन्दना र नायक धिरेन शाक्यको उपस्थित थियो ।

उनले हाल सम्म आइपुग्दा लगभग २ सयको हाराहारीको गीतमा संगीत भरिसकेका छन् भने धेरै गीत तथा भजनमा आवाज पनि दिइसकेका छन् ।



















