
अछाम – अछाममा भरुवा बन्दुक फेला परेको छ । चौरपाटी गाउँपालिका – १ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो ।
बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको थियो । बन्दुकका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















