खाेज्नुहाेस

यातायात व्यवसायीको मनोमानीका कारण सास्ती खेप्दै यात्रुु

Image
यात्रुहरुसँग विवाद गर्दै कैलालीको अत्तरिया देखी काठमाण्डौ जादै गरेको बसका सहचालक

अत्तरिया – बैतडीबाट पढाईको सिलसिलामा काठमाण्डौ जान आएका जगदिश पन्त यही जेठ ९ गते दिउँसो अत्तरिया बसपार्क उत्रिए । अत्तरिया बसपार्कबाट काठमाण्डौ सबैभन्दा छिटो पुुग्ने गाडीको खोजी गरिरहेका उनलाई १0/१२ जना सहचालक र यातायात व्यवसायीहरुले तानातान गरे । १० गते बिहान कलेज पुुग्नुुपर्ने अवस्था भएकाले उनले सबैभन्दा छिटो काठमाण्डौ पुुग्ने गाडीको खोजी गरिरहेका थिए । तर सहचालकहरुको तानातान गर्न थालेपछि २ः३० बजे अत्तरियाबाट काठमाण्डौका लागि हिड्ने गाडीमा उनि चढे । सहचालकले सबैभन्दा छिटो जाने र बिहान छिटो पुु-याउने बताएको उनको भनाई छ ।

‘क्याम्पसमा काम थियो, बिहान छिटो पुुग्नुपर्ने, त्यसैले सबैभन्दा छिटो हिड्ने गाडी खोजेको’ उनले भने ‘तर त्यै गाडी सबैभन्दा ढिलो अत्तरियाबाट हिड्यो, २ः३० बजे हिड्छु भन्ने गाडी साँझ ५ः२० मा अत्तरियाबाट हिड्यो ।’ उनले छिटो भनेर आफुलाई यातायात व्यवसायीहरुले धोका दिएको बताए । ‘सबै भन्दा छिटो जान्छुु भनेर फकाईफुलाई टिकट काट्ने अनि सबैभन्दा ढिलो जाने गर्छन यि यातायात व्यवसायीहरु’ उनले भने ‘यिनिहरुले यात्रुहरुलाई दुःख दिनुुबाहेक अरु केही जानेका छैनन ।’

add everest academy
attariya hospital

उनले यातायात व्यवसायी र सहचालकहरुको यात्रुसँगको व्यवहार पनि रुखो हुने गरेको बताए । ‘तानातान गरेर टिकट काट्छन, तर जब गाडीमा बस्यो त्यसपछि उनिहरुको व्यवहार परिवर्तन भैहाल्छ’ उनले भने ‘एउटै सिट दुुईतिन जनालाई दिने र केही बोले बिच बाटोमा अलपत्र छोड्ने डर देखाउछन, कतै लामो दुरीमा जाउँ भनेनी समस्या छ, यिनिहरुको मनोमानी सहनुपर्छ ।’ उनले यातायात व्यवसायीहरुको मनोमानी नियन्त्रणका लागि कसैलेपनि चासो नदेखाएको बताए । पन्तले २०७६ सालदेखी निरन्तर रुपमा भोग्दै आएको समस्या हो यो ।

navjiwan hospital

अत्तरियाबाट काठमाण्डौका लागि हिडेका नाथ साउँदले पनि सोही समस्या भोग्नुपरेको दोहो-याए । यातायात व्यवसायी र सहचालकहरुले यात्रुसँग मनोमानी रकम असुल्ने, एउटा सिट देखाएर अर्काेमा राख्ने लगायतका कार्यहरु गर्ने गरेको उनले बताए । ‘यिनिहरुको मनोमानी चलेको छ’ उनले भने ‘केही भने झगडा गर्न आईहाल्छन, नभए बिचबाटोमा उतार्ने चेतावनी दिन्छन, त्यसैले यात्रुहरुले यिनिहरुको मनोमानी सहनुपर्ने बाध्यता छ ।’

यस्ता तमामौ उदाहरणहरु दैनिक रुपमा देखिदै आएका छन । सडक सवारी साधनबाट लामो दुरीको यात्रा गर्ने यात्रुहरुले प्रत्येक चोटी यस्ता समस्याहरु भोग्दै आएको गुनासो गर्ने गरेका छन । मान्छे भर्ने झोकमा सस्तोमा पनि टिकट काट्ने तर पछि जब गाडीमा मानिस भरिए त्यसपछि सस्तो काट्ने यात्रुसँग किचकिच गर्ने काम गाडीवालाले गर्ने गर्दछन ।

attariya technical collage

यातायात व्यवसायीहरुको मनोमानीका कारण प्रायजसो लामो दुरीमा यात्रा गर्ने यात्रुहरुले सास्ती बेहोर्नुपरेको छ । सहचालकहरुले तानातान गरेर गाडीमा चढाउने र पछि किचकिच गर्ने परम्परा यातायात व्यवसायमा चलेको पुरानै परम्परा हो ।

त्यतिमात्रै नभई यातायात व्यवसायीहरुले यात्रुु लुट्ने गरी सिण्डिकेट समेत लागु गर्ने गरेका छन । आफुले सम्झौता गरेको होटलमा मात्रै खाना खुवाउन उतार्ने होटल व्यवसायीहरुको सिण्डिकेट हालसम्म चलिरहेको छ । होटलमा यात्रुहरुलाई ल्याएवाफत होटल व्यवसायीहरुले कमिसन दिने गरेका कारण पनि उक्त सिन्डिकेट मौलाएको छ ।

यातायात व्यवसायीहरुका कारण पटक पटक यात्रुुहरु समस्यामा पर्ने गरेका समाचारहरु बाहिर आईरहदा समेत सरोकारवाला निकाय भने मौन रहने गरेका छन । मनोमानी शुुल्क असुल्ने, एउटा सिट भनेर अर्काे सिटमा राख्ने, टिकटमा काटिएको सिट भएपनि मान्छे भर्नका लागि त्यहाँ अर्कालाई राख्ने काम गाडीवालाहरुले गर्ने गरेका छन । तर सो विषयमा कुनै पनि सरोकार वाला निकायले ध्यान दिएको छैन ।