खाेज्नुहाेस

रेबिजबाट बचौं र बचाऔं

Image

पछिल्लो समय कैलाली कञ्चनपुरमा रेबिजको संत्रमण बढ्दै गईरहेको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको संक्रमण बढी छ भने कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकामा रेबिजको संक्रमण देखिईसकेको छ ।

निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याल लगायतका जनवारले रेबिजको संक्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको पाईएको छ ।

attariya hospital

दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको संख्या पनि बढ्दै गएको छ । हालसम्म रेबिजका २१ नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको देखिएको छ ।

navjiwan hospital

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ ।
यसैगरी कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको छ । अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । कुकुरसँंगै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरोलगायतका जनावरको टोकाइबाट रेबिज सर्ने गर्दछ । रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सकहरुले बताएका छन । शतप्रतिशत प्राणघातक रोग भएकाले यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित नभएको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

त्यसैले यो रोग लाग्न नदिनु नै यो रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय हो । त्यसका लागी पशु चिकित्सकको सिफारिस अनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्दछ । घरपालुवा कुकुर विरालोलाई जथाभावी बाहिर छाड्ने कार्य गर्नुहुदैन । त्यतिमात्रै नभई त्यस्ता जनावरहरु सँग घनिष्टता कम गर्नु पनि यसबाट बच्ने उपाय हो ।

रेबिज विशेषगरी कुकुरलगायत अन्य जंगली जनावरमा देखिने रोग हो र त्यस्ता जनावरबाट मानिसमा यो रोग सर्छ । त्यसैले यसलाई ‘जुनोटिक’ रोग भनिन्छ । जुनोटिक रोग भन्नाले जनावर र मानिसमा आदान–प्रदान हुने रोगहरू भन्ने बुझिन्छ । रेबिज लागेको जनावरले टोकेको अथवा गहिरोसँग चिथोरेको खण्डमा यो रोग मानिसमा सर्छ । रेबिज लाग्नबाट बच्न सकिन्छ । तर लक्षण देखा परिसकेपछि मृत्युको सामना गर्नुपर्ने नै हुन्छ । त्यसैले रेबिजबाट बच्न मुख्य गरी कुकुरहरुबाट सावधान रहने, उनिहरुलाई नजिस्क्याउने लगायतका कामहरु गर्नुपर्दछ ।

रेबिज रोगलाई निर्मूल पार्न सम्पूर्ण कुकुरलाई एन्टिरेबिज खोप लगाउनुपर्छ । घरपालुवा कुकुरलाई त अनिवार्य खोप लगाउनुपर्छ र छाडा छोडिएकाहरूलाई पनि खोप लगाउने भूमिका राज्यले गर्नुपर्छ । राज्यले र स्थानीय निकायले पोथी कुकुरको बन्ध्याकरण पनि गर्न सकिन्छ । त्यसले कुकुरहरुको संख्यामा कमी आउँछ र रेबिजको संक्रमणमा पनि स्वतः कमी हुन जान्छ ।