खाेज्नुहाेस

दुर्गालक्ष्मी अगाडीको फोहोर अझै उठेन

Image

अत्तरिया – करिब २ हप्ता वित्नै लाग्दा समेत दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अगाडीको फोहोर उठ्न सकेको छैन । गोदावरी नगरक्षेत्रकै नमूना विद्यालयको रुपमा रहेको दुर्गालक्ष्मीको आधारभुत तहको भवन अगाडी रहेको फोहोर हालसम्म पनि उठ्न नसकेको हो ।

यही वैशाख ३ गते अत्तरिया खबर दैनिकले उक्त विषयमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित हुनु भन्दा करिब १ हप्ता अघिदेखि थुप्रिएको फोहोर हालसम्म पनि ज्यूँ का त्यु रहेको छ । विद्यालय अगाडीको फोहोरको विषयमा सरोकारवाला निकायहरु मौन बनेका छन । विद्यालयको आधारभुत तह अगाडी हप्तौ सम्म फोहोर थुप्रिदा विद्यालय प्रशासन पनि फोहोर फाल्नमा अग्रसर देखिएको छैन ।

add everest academy
attariya hospital

विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले यस अघि परीक्षाका कारण फोहोर उठाउन नसकिएको बताएका थिए । प्रधानाध्यापक जोशीले विद्यालयको भवन पछाडीका स्थानीयहरुले उक्त क्षेत्रमा फोहोर फाल्ने गरेको आरोप लगाएका थिए । उनले भवन पछाडीका व्यापारी र स्थानीयहरुका कारण विद्यालयको भवन अगाडी फोहोर थुप्रिएको भन्दै पटक–पटक सूचना समेत टाँसीसकेको बताएका थिए ।

navjiwan hospital

‘त्यो गल्लीवालाहरुले विद्यालयलाई दिएको उपहार हो, जानाजान साँझको समयमा पोलिथिनमा फोहोर ल्याएर आउँछन, त्यहाँ फाल्छन र हिड्छन, भनेको सुन्दैनन्’ उनले अत्तरिया खबरसँगको संवादमा भनेका थिए ।

उनले स्थानीयहरुलाई फोहोर नफाल्न अल्टिमेटम दिएपनि आफुहरुको अल्टिमेटमको स्थानीयहरुले बेवास्ता गरेको बताए । उनले सामुदायिक विद्यालय भएकाले स्थानीयहरुलाई कुनै किसिमको कारबाही पनि गर्न नसकिएको बताए । प्रधानाध्यापक जोशीले अब शनिबार सबै शिक्षकहरुले मिलेर फोहोर फाल्ने योजना बनाएको बताए । ‘विद्यालय सञ्चालन भएको छैन, विद्यार्थीहरु छैनन’ उनले भने ‘कक्षा सुरु हुने वित्तिकै विद्यार्थीहरुलाई फोहोर फाल्न लगाउन भएन, त्यसैले शनिबार सबै शिक्षकहरु मिलेर त्यो फोहोर फाल्ने भनेका छौ ।’

attariya technical collage

नगरको फोहोर व्यवस्थापनको जिम्मा पाएको मातृभुमि समाज नेपालका प्रतिनिधिसँग कुरा गर्दा पनि फोहोर व्यवस्थापनका लागी आनाकानी गरेको प्रधानाध्यापक जोशीले बताएका थिए । ‘फोहोर फाल्ने संस्थाका प्रतिनिधिलाई बोलाएर कुरा गरेका हौ, आवश्यक रकम दिन्छौ, फोहोर उठाउनुप¥यो भनेर अनुरोध पनि ग¥यौ, तर सरकारी विद्यालयबाट पैसा नलिने निर्णय भएको भन्दै उसले फोहोर फाल्ने काम गरेन, उल्टो नगरपालिकासित कडायत टोल जाने बाटो सम्म मात्रै सम्झौता भएको छ भनेर भन्छ’ उनले भनेका थिए ।

तर यता उक्त संस्थाका सञ्चालक हस्त शाहले आफुहरुलाई त्यसको बारेमा कुनै जानकारी नभएको बताए । उनले आफुहरुले फोहोरमैला उत्पादन गर्ने उत्पादनकर्ता सँग निश्चित सेवा शुल्क लिएर फोहोर उठाउदै आएको बताए । ‘हामीले निश्चित सेवा शुल्क लिएर फोहोर उठाउदै आएका छौ’ उनले भने ‘हामीसँग विद्यालयको कुरा भएको छैन, अन्य विद्यालयहरुको हामीले फोहोर उठाउदै आएका छौ ।’

उनले नगरभित्रको जुनसुकै ठाउँमा भएपनि आफुहरुले फोहोरमैला संकलन वाफतको निश्चित रकम लिएर फोहोरमैला उठाउदै आएको बताए । विद्यालय ग्राहक बने आफुहरुले अवश्य नै फोहोर व्यवस्थापन गर्ने उनको भनाई रहेको छ । उनले निश्चित रकम लिएर नगरभित्रको जुनसुकै ठाउँमा पनि आफुहरु फोहोरमैला संकलनका लागी पुग्ने भएकाले कुनै एक स्थानसम्म मात्रै सम्झौता भएको भन्नु गलत रहेको बताए ।