खाेज्नुहाेस

व्यवसायीक योजनाका साथ अघि बढ्दै कञ्चनपुरको सिंहपुर सामुदायिक वन

Image

अत्तरिया – कैलाली कञ्चनपुरमा पर्याप्त सामुदायिक वनहरु छन । ति सामुदायिक वनका आफ्नै समितिहरु समेत गठन भएका छन् । त्यस्ता समितिहरुले वनको सम्पुर्ण जिम्मेवारी सम्हालेका हुन्छन् । सोही आधारमा हेर्ने हो भने सामुदायिक वनको प्रगती र दुर्गतीमा मुख्य हात समितिकै हुन्छ । सामुदायिक वनहरुको मुख्य आयस्रोत भनेकै काठ हो । जंगलमा भएका काठहरुको बिक्रिवितरणबाट नै सामुदायिक वनहरुले वनको सुरक्षा र बाह्य कार्यहरु गरिरहेका हुन्छन् । तर, कञ्चनपुरको सिंहपुर सामुदायिक वनले भने काठको बिक्रिवितरणलाई मात्रै आम्दानीको स्रोत बनाउने विषयलाई गलत सावित गरिदिएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका – ६ सिंहपुरमा रहेको उक्त सामुदायिक वनले सामुदायिक वनमा काठको बिक्रिवितरण मात्रै नभई अन्य कुराहरुबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने कुरा देखाएको छ । उक्त सामुदायिक वनले ट्याक्टर खरिद गरेर आम्दानी उठाईरहेको छ । काठ, दाउरा, ढुंगा, गिट्टि, बालुवा लगायतका सामग्री मात्रै नभई अन्य कृषि उत्पादक सामग्रीहरु पनि सम्बन्धीत स्थानमा पु¥याउने कामका लागी वनले उक्त ट्याक्टर भाँडामा दिने गरेको छ । त्यति मात्रै नभई उक्त सामुदायिक वनले कृषि कामका लागी पनि ट्याक्टर प्रयोग गर्दै आईरहेको छ । सामुदायिक वनका उपभोक्ताहरुलाई सहुलियत मुल्यमा खेत जोत्ने, रोपाई गर्ने लगायतका कामहरु गर्न पनि बनले ट्याक्टर उपलब्ध गराउदै आएको वनका अध्यक्ष जोगराज चौधरीले बताए ।

attariya hospital

‘हामीले बाहिरको भन्दा सहुलियत दरमा वनका उपभोक्ताहरुलाई कृषि कामका लागी ट्याक्टर प्रदान गर्दै आईरहेका छौ’ उनले भने ‘तर सामग्री ढुवानीका लागी भने भाडाँमा जुनसुकै व्यक्तिले पनि ट्याक्टर प्रयोग गर्न सक्छन ।’ उनले ट्याक्टरको भाडाँदर भने ठाउँअनुसार फरक–फरक तोकिएको बताए । उनले उक्त कार्यवाफत आएको रकम पनि सामुदायिक वनकै खातामा जम्मा हुने गरेको बताए । वनले ट्याक्टरका साथै सभा हल, पिकनिक स्पट र माछा पोखरी पनि निर्माण गरेको छ । जसमार्फत आएको आम्दानी सामुदायिक वनले वनको व्यवस्थापन र संरक्षणमा खर्च गर्ने गरेको अध्यक्ष चौधरीले बताए ।

navjiwan hospital

सुविधा सम्पन्न हल प्रयोग गरेवाफत न्युनतम रुपैया तोकिएको अध्यक्ष चौधरीले बताए । समितिका उपाध्यक्ष जयराज भण्डारीले दर्ता गर्दा करिब २ सय हेक्टर क्षेत्रफलका रुपमा दर्ता गरिएको उक्त सामुदायीक वनको क्षेत्र बढाउने काम समितिले गरेको बताए । उनले समितिले खाली रहेका ठाउँमा वृक्षारोपण गर्ने र वनको आम्दानीका लागी अन्य योजनाहरु पनि निर्माण गर्ने काम गरिरहेको बताए ।

‘२ सय हेक्टर भनेर दर्ता गरेपनि हामीले बढी वन क्षेत्रको संरक्षण गरिरहेका छौ’ उनले भने ‘वनको सुरक्षाका लागी २ जना वन हेरालुहरु रहेका छन, उनिहरुलाई मासिक रुपमा तलब दिदै आएका छौ ।’ उनले समितिले निर्माण गरेको पिकनिक स्पटलाई पर्यटकिय क्षेत्रका रुपमा जोड्न सो स्थानबाट करिब २ किलोमिटर जंगल भित्रको क्षेत्रमा ३ तले भ्यू टावर पनि निर्माण गरिएको बताए । उनले पिकनिक स्पट नजिकै खेलमैदान पनि निर्माण गरिएको र त्यसको प्रयोगवाफत भने हालसम्म रकम नलिएको बताए । उनले पिकनिक स्पटमा रमाईलो गरेवाफत नभई भाडाँकुडा र दाउराका लागी रकम लिने गरिएको बताए ।

सामुदायिक वनले पिकनिक स्पट नजिकै आफैले पोखरी निर्माण गरेको छ । पोखरीमा माछापालन व्यवसाय सञ्चालन गरिएको समितिका उपाध्यक्ष भण्डारीले बताए । उनले माछापोखरीका लागी सुरुवाती चरणमा सामुदायिक वनले नै रकम विनियोजीत गरेको भएपनि त्यसपछि भने डिभिजन वन कार्यालय कञ्चनपुरले पनि अनुदान दिएको बताए । उनका अनुसार हाल सामुदायिक वनले वार्षिक करिब ४ देखि ५ हजार क्युफिट काठ उत्पादन गर्दै आईरहेको छ । ‘वैज्ञानिक वन बनाउने भनेको समयमा त १२/१३ हजार क्युफिट काठ निस्किने गर्दथ्यो’ उनले भने ‘तर आजकल त्यस्तो छैन वार्षिक करिब ४÷५ हजार क्युफिट काठ उत्पादन हुन्छ ।’