खाेज्नुहाेस

स्टिम शिक्षण पद्धति प्रति आकर्षण बढ्दै

Image

अत्तरिया – सुदूरपश्चिममा पछिल्लो समय स्टिम शिक्षण पद्धति प्रति विद्यार्थीहको आकर्षण बढ्दै जान थालेको छ । केही विद्यालयहरुले स्टिम शिक्षण पद्धतिको प्रयोग गरेर विद्यालय तहमा पठनपाठन गराउन थालेपछि यस प्रति विद्यार्थीहरुको आकर्षण पनि बढ्दै जान थालेको हो । यसको प्रयोग अहिले सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुमा  हुन थालेको छ । सन् १९६० को दशकमा अमेरिकाबाट सुरू भएको स्टिम शिक्षाण पद्धतीमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथम्याटिक्स समावेश गरिन्छ ।

सुदूरपश्चिममा पहिलो पटक २०७४ सालमा अत्तरियामा रहेको एभरेष्ट एकेडेमिले स्टिम शिक्षण पद्धतिको सुरुवात गरेको थियो । एभरेष्ट एकेडेमीका प्रिन्सीपल स्माइल चौधरीले स्टिम एजुकेसनले २१ औं सताब्दिमा आवश्यक स्केल विद्यार्थीलाई दिने बताए । ‘यसमा बिद्यार्थीहरुले टिममा काम गर्न पनि सिक्छन । कुनै कुरा उत्पादन गरेपछि उक्त बस्तुका बारेमा जानकारी दिने भन्ने कुरा विद्यार्थीहरुले सिक्छन्’ उनले भने ‘विद्यार्थीहरुले विभिन्न समस्या संग जुध्न पनि सिक्छन ।’

attariya hospital

उनले अहिले यस क्षेत्रमा आफैले स्टिम टिचर उत्पादन गरेर शिक्षण गरिरहेको बताए । उनले पछिल्लो समय यस क्षेत्रका धेरै विद्यालयले स्टिम एजुकेसन अध्यापन गराउन थालेको बताए । ‘अहिलेको समयमा यस पद्धतीमा शिक्षण गर्न नसकिए संसारभरीको प्रतिस्पर्धामा लग्न सक्दैनौ’ उनले भने ‘अहिले सरकारले यसलाई आत्मसाथ गर्न खोजेको छ । सोही अनुसार सरकारले अहिले कक्षा ६ र ९ मा साइन्स एण्ड टेक्नोलोजी बिषय बनाएको छ’ उनले भने ‘२ बर्ष जती भयो सरकारले यसलाई सरकारी स्तरमा बिभिन्न पोलिसी बनाएको छन ।’

navjiwan hospital

उनले अहिले आफूले पनि स्टिममा मास्टर अध्ययन गरिरहेको बताए । अहिले धेरै जसो विद्यालयले इलेक्ट्रिकल इन्जिनियर गरेका टिचरहरुको सहयोगमा यस विषयको अध्यापन गराउँदै आएका छन । उनले अहिले विद्यालयले स्टिम कक्षा संचालन नगरेपनि विद्यार्थीहरु आफै यस बिषयमा अध्ययन गर्न थालेको बताए । ‘पहिले भन्दा अहिले यसमा बिद्यार्थीहरुको आकर्षण बढ्दो छ । अहिले विद्यालयले सहयोग नगरेपनि बालबालिकाहरु क्लब बनाएर पनि काम गरिहेका छन्’ उनले भने ‘अहिले अत्तरियामा स्टिम सामान पाउने पसल पनि खुलेको छ । यसको विकास क्रम बढ्दै गएको छ ।’

स्टिम एजुकेसनको मुख्य थिम खोज, अध्ययन र अनुसन्धान हो । विद्यार्थीले आफूलाई रूचि लागेको विषयमा खोज, अध्ययन र अनुसन्धान गर्नेछ । यस क्षेत्रमा स्टिम एजुकेसनको विस्तारमा लागेको एभरेष्ट एकेडेमिले बिहिबार देखि नेपाल स्टिम एक्स्पो एण्ड च्यालेन्ज ०.३ को आयोजना गरेको छ ।

जसमा बिभिन्न विद्यालयहरुले स्टिम पोजेक्टहरु प्रदर्शन गरेका छन । विद्यालयका प्रिन्सिपल चौधरीले नेपाल स्टिम एक्स्पो एण्ड च्यालेन्जमा कैलाली कञ्चनपुरका २० वटा विद्यालय सहभागि रहेको बताए । जसमा सामुदायी र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । शुक्रबार सम्म संचालन हुने नेपाल स्टिम एक्स्पो एण्ड च्यालेन्जमा ५ हजार विद्यार्थीले अवलोकन लक्ष्य लिइएको छ । नेपाल स्टिम एक्स्पो एण्ड च्यालेन्ज एभरेष्ट एकेडेमिको प्राङ्गणमा संचालन भइरहेको छ ।

स्टीम कार्यक्रमका लागि गोदावरी नगरपालिकाले आर्थीक सहायता गरेको छ । नेपाल स्टिम एक्स्पो एण्ड च्यालेन्जमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहयोग गरेको आयोजक एभरेष्ट एकेडेमिले जनाएको छ ।

स्टीम कार्यक्रममा कम्तिमा ११ विधामा पुरस्कार प्रदान गरीने र प्रत्येक विधाका लागि ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरीने आयोजकले जानकारी दिएको छ ।