खाेज्नुहाेस

लागु पदार्थ दुव्र्यशनी न्युनिकरण गरौं

Image

आजका यूवा भोलिका देशका खम्बा, राष्ट्र निमार्णका संवाहक हुन् । कुनै पनि देशको सर्वाङ्गिण विकास यूवाहरुको संरक्षण, सर्वद्धन, परिचालन बिना सम्भव हुदैन् । तर, पनि वर्तमान देशको अवस्थालाई पहिचान गर्दा यूवाहरुलाई पूर्ण रुपमा सुर्मागमा हिडाउन सकिएको छैन ।

आजका यूवा विभिन्न सामाजिक विकृति, विसङगती र दुव्र्यशनीको कुलतमा फसिरहेका छन् । ती कुलत मध्ये लागू औषध दुव्र्यशनी एक प्रमुख समस्या हो । लागु पदार्थ दुव्र्यसनीको समस्या अहिले नेपालमा मात्र नभई विश्वभरमा नै ठूलो समस्याको रुपमा रहदै आएको छ ।

attariya hospital

लागु पदार्थले केन्द्रिय स्नायु प्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन र विचारमा उत्तेजना ल्याइदिने भएकोले यूवायूवतीहरु जानजानी वा साथीभाइहरुको लहैलहै र करकापमा परी लागू पदार्थको दुव्र्यसनीमा पर्दै गएका छन् । यसरी यूवापुस्ताहरु दुव्र्यसनीको चपेटामा फस्दै जानुले देशको विकासका लागि दिनप्रतिदिन समस्याहरु थपिदै गएका छन् ।

वर्तमान अवस्थामा देश भित्रै रही केही गरौं भन्ने युवा युवतीहरू लागु पदार्थको दुव्र्यसनमा फँस्नु निश्चय पनि देशकै लागि चिन्ताको विषय रहेको छ ।

navjiwan hospital

लागु पदार्थ दुव्र्यसनको कारण आज समाजको सामाजिक मूल्य, मान्यता र प्रतिष्ठामा आँच आएको छ । यसले देशका सामाजिक, साँस्वृmतिक, राजनैतिक, आर्थिक लगायत सम्पूर्ण क्षेत्रमा नकरात्मक प्रभाव पारिरहेको छ । समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी, डकैती, चेलिबेटी बेचबिखन, पारिवारिक कलह जस्ता गम्भीर समस्याहरू देखा परेका छन् । लागु पदार्थ दुव्र्यसनको कारण हजारौं व्यक्तिहरूले अकालमा नै ज्यान गुमाउनु परेको छ ।

यस्ता दुव्र्यसनीबाट यूवा जमातलाई बचाई राख्न वर्तमान अवस्थामा नकरात्मक असरहरूका बारेमा जनचेतना पैmलाउने, दुव्र्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि विभिन्न निकायहरूबाट विभिन्न नीति तथा कार्यव्रmमहरू सञ्चालन गर्नु अनिवार्य छ ।

लागुऔषधबाट युवा पिडिलाई बचाउन मुख्य गरी राज्यले तदारुकता देखाउनुपर्दछ । पछिल्लो समय विभिन्न स्थानबाट लागुऔषध कारोबारीहरु पक्राउ पर्ने क्रम तिब्र बनेपनि त्यसको अन्त्य भने हुन सकेको छैन ।

प्रत्येक दिन प्रहरीले कुनै न कुनै स्थानबाट त्यस्ता कारोबारीहरुलाई पक्राउ गरीरहेको छ । यसले देशमा रहेका लागुऔषध कारोबारीहरुको विस्तृत अवस्था चित्रण गरीरहेको छ । दैनिक पक्राउ पर्ने क्रम जारी रहेपनि लागुऔषध प्रयोगकर्ता र कारोबारीहरु अझै पनि निरन्तर रुपमा सक्रिय रहेको अवस्था छ ।

यस्तो अवस्थामा राज्यले अझै कडा रुपमा एक्शन लिनुपर्दछ । लागुऔषधको न्युनिकरणका लागी समाजमा रहेका हरेक नागरिकहरुले पनि राज्यलाई सहयोग गर्नुपर्दछ । सबै कुलतहरुले नकारात्मक असर गर्ने भएपनि सबैभन्दा बढी भयावह रुपमा रहेको र सबैभन्दा छिटो एवम् बढी नकारात्मक असर गर्ने कुलतका रुपमा रहेको लागुऔषध दुव्र्यसनीलाई न्यूनिकरण गर्न आजैदेखि सबै जागरुक बनौं ।