खाेज्नुहाेस

गंजागोल तारको व्यवस्थापनमा ध्यान दिऔँ

Image

सुदूरपश्चिमको मुख्य प्रवेशद्धारका रुपमा रहेको अत्तरिया बजारमा दिनहुँ व्यवसायीक बन्दै गएको छ । यहाँ पछिल्लो केही वर्षयता नै तमामौ व्यवसायीक पसलहरु सञ्चालनमा आईसकेका छन भने ठुला ठुला मार्टहरुको पनि विस्तार बढेको छ । प्रदेशको राजधानी तोकिएको भएर पनि पछिल्लो समय यहाँ व्यवसाय गर्न आउने साना व्यापारीहरुको संख्या बढेको छ । केही ठुला व्यापारीहरुले पनि यहाँ आफ्नो व्यापारलाई विस्तार गरेका छन । व्यवसायीकरण बढ्दा यहाँ ईन्टरनेटको पहुँच पनि बढी मात्रामा भएको छ । पछिल्लो १/२ वर्षको अन्तरालमा अत्तरियामा दर्जन बढी ईन्टरनेट प्रदायक संस्थाहरुले सेवा सञ्चालन गरिरहेका छन । सो क्रम वर्षेनी बढ्दै गईरहेको अवस्था छ ।

तर विकासको क्रम बढेसँगै बजार व्यवस्थीत बन्न नसक्दा त्यसले दुर्घटनाको जोखिम पनि निम्त्याएको छ । नेपाल टेलिकम र एउटा केवल नेटवर्कले सेवा दिईरहदाँ खासै प्रभाव नपरेको बजारमा पछिल्लो समय भने विभिन्न ईन्टरनेट प्रदायक संस्थाहरुका तारले गर्दा नराम्रो प्रभाव पर्दै गएको छ । टेलिकमले जडान गरेका पोलहरुमा टेलिकम आफ्नै र केवल नेटवर्कको तार मात्रै रहदाँ त्यो व्यवस्थीत नै रहेको थियो । तर पछिल्लो समय आएका ईन्टरनेट जडान गर्ने कम्पनिहरुले पनि सोही पोलहरुमा आफ्नो तारहरु विस्तार गर्दा त्यसले आगलागीको जोखिम निम्त्याउनुका साथै बजारलाई पनि कुरुप बनाएको छ ।

attariya hospital
navjiwan hospital

नेपाल टेलिकमले आफ्नो फाईबर तार जडानका लागी हालेका पोलहरुमा अहिले सबै ईन्टरनेट प्रदायक कम्पनिहरुले आफ्ना तारहरु राखेका छन । जसका कारण बजारका पोलहरुमा चराको गुडजस्तै तारहरु फिँजिएको अवस्थामा रहेका छन । नाफामुलक संस्थाका रुपमा सञ्चालीत विभिन्न ईन्टरनेट प्रदायक कम्पनिहरुले गर्दा जोखिम बढेको भएपनि सरोकारवाला निकाय भने मौन छ । त्यस्ता ईन्टरनेट कम्पनिहरुसँग नेपाल टेलिकमले निश्चित रकम लिने गरी सम्झौता गरेर पोलहरुमा तार जडान गर्न दिएको छ । त्यसैले पनि नेपाल टेलिकमले ध्यान नदिँदा कुन दिन नसोचेको घट्ना घट्छ भन्ने चिन्तामा व्यवसायीहरु पनि छन ।

गत वर्ष मात्रै अत्तरिया चोक नजिकै रहेको एउटा पोलमा आगलागी भएको थियो । पुष महिनामा भएको आगलागीबाट पोलमा भएका तारहरु सबै जलेर नष्ट हुँदा बजारका विद्युत र इन्टरनेट सेवाहरु अवरुद्ध भएका थिए । समयमै जानकारी पाईदा मात्रै आगालागीले भयंकर रुप लिन सकेको थिएन । सोही घटनाका कारण बजारका व्यवसायीहरु थप चिन्तामा छन । बजारमा टेलिकमले हालेका करिब सबै पोलहरुमा तारका झुप्पाहरु राखिएका छन । ति झुप्पाहरुमा आगलागी भए बजार पुरै ध्वस्त हुने सम्भावना रहेको छ ।

नजिकै पेट्रोल पम्प पनि रहेकाले आगलागीमा बढी क्षती हुन सक्ने अनुमान स्थानियको छ । बजारीकरण बढेसँगै आगलागीको पनि सम्भावना बढेकाले उक्त तारहरुको व्यवस्थापन गर्न अनिवार्य छ । त्यस्ता तारहरुले गर्दा बजारको सुन्दरता पनि विग्रिएको छ । त्यसैले बजारलाई सुन्दर, व्यवस्थीत र सुरक्षित बनाउन एकमुष्ट राखिएका त्यस्ता तारहरुको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।