खाेज्नुहाेस

हात्तीको बासस्थान सरक्षण गरौं

Image

हात्तीले मानिसको बस्तीमा बसेर आतंक मच्चाईरहेका घटनाहरु दिनानुदिन घटिरहेका छन । जंगली हात्ती राती होस याँ दिउँसो मानव बस्तीमा पसेर मानवलाई नै आघात पुग्ने गरी आक्रमण गरिरहेका समाचारहरु विभिन्न सञ्चारमाध्यम मार्फत सुनिदै आएका छन । हात्तीले मानिसले लगाएका बालीनालीहरु पनि कुल्चेर सखाप पार्ने गरेका छन । सुदूरपश्चिममा मुख्य गरी कञ्चनपुर जिल्लामा आउने जंगली हात्तीहरुका कारण कतिपयले ज्यान समेत गुमाउनुपरेको छ ।

तर, पछिल्लो समय यहाँ हात्तिको आतंक किन मौलाईरहेको छ भन्ने विषय उत्र्कषमा छ । खास गरी नेपालको तराई क्षेत्रमा लाखौं वर्षदेखि हात्ती घुमफिर गरिरहेका छन । मानिसभन्दा पनि हात्ती यहाँको पुरानो रैथाने हो । पछिल्लो समय वनविनाशका कारण हात्तीको आतंक बढ्दै गएको छ । बासस्थानका लागी ठाउँ नहुँदा हात्तिहरु मानव बस्तीमा देखा पर्न थालेका हुन । अहिले विभिन्न कारणले नेपालमा हात्ती लोप हुने अवस्थामा पुगेको छन । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले हात्तीलाई संरक्षित सूचीमा राखेको छ । विश्व प्रकृति संरक्षण संघ र साइटिसले हात्तीलाई लोपोन्मुख प्रजातिको सूचीमा राखेको छ ।

attariya hospital
navjiwan hospital

एशियामा गत ६०/७० वर्षयता ५० प्रतिशतले हात्तीको संख्या घटेको देखिन्छ । एशियाली हात्तीको संख्या घट्नुको प्रमुख कारण बासस्थान अर्थात जंगल विनास हुुनु नै हो । हाल एशियामा ४० देखि ५० हजार हात्तीको संख्या अनुमान गरिएको छ । एशियाली हात्तीमध्ये करिब आधा भारतीय उपमहाद्वीपमा रहेका छन् । नेपालमा सुदुरपश्चिमको शुक्लाफाँटामा २ देखि १८ वटा, बर्दिया निकुञ्जमा ४५÷५० वटा र पर्सा निकुन्जमा २५ वटासम्म हात्ती रहेको विश्व वन्यजन्तु कोषको अनुमान छ । त्यसैगरी, पूर्वी नेपाल र पश्चिम बंगालबीच १० देखि १५ वटा हात्ती ओहोर–दोहोर गर्ने अनुमान छ ।

हात्ती बासस्थानको कमिका कारण गाउँघर, खेतबारीमा देखिने गर्दछन । त्यस्तो अवस्थामा स्थानीयबासीले हात्तीलाई तर्साएर लखेटने गरेका छन् । हात्ती तर्साउन राँको बाल्ने, सिठ्ठी बजाउने, पटाका पड्काउने जस्ता कार्य गरिन्छ । यस्ता कार्यले हात्ती झन् उत्तेजित भई आक्रामक हुन्छ । हात्तीले मान्छे मार्ने, घाइते बनाउने घटना यस्तै क्रियाकलापले बढेको बताइन्छ ।

पछिल्लो समय वनजंगलको बिनाश गरी मानव बस्ती बसाउने कार्य बढ्दै जाँदा बासस्थानको अभाव हुन थालेपछि हात्तीहरु जंगल नजिकका मानव बस्तीमा देखिन थालेका हुन । जंगल विनास हुँदै जाँदा हात्तीको बासस्थान घट्दो छ । बचेखुचेको जंगलमा पनि मानवीय गतिविधिले उनीहरुको बासस्थानलाई बाधा पु¥याएको छ । जंगलमा उनीहरुलाई पर्याप्त आहारा छैन । हात्ती समस्याको मूल कारण प्राकृतिक बासस्थानको विनास नै हो । त्यसैले हात्ती समस्याको दिगो समाधानका लागि हात्तीको बासस्थान संरक्षण गर्नुपर्छ ।