नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


















