
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका अन्तर्गत गुलरिया बजार व्यवस्थापन समितिको अध्यक्षमा पुष्पराज भट्ट सर्वसम्वत चयन भएका छन् । भट्ट नमादेउ स्टिल आल्मुनियमका प्रोपराइटर समेत रहेका भट्टको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा तारा चौधरी, सचिवमा पदमा ओझा र कोषाध्यक्षमा पदम भण्डारी चयन भएका छन ।समितिमा थप २ जना सदस्य पछि चयन गरीने अध्यक्ष भट्टले जानकारी दिएका छन् ।



















