खाेज्नुहाेस

धनगढी उपमहानगरको अनुमानित वजेत १ अर्व ९३ करोड बढी 

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० लागि अनुमानित १ अर्व ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला रानाले १ अर्व ८३ करोड ८९ लाख २४ हजार अनुमति रकम आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन ।

attariya hospital

आगामी आर्थिक वर्षका लागि चालुतर्फ १ अर्व ३ करोड १९ लाख ७० रुपैयाँ र पुँजिगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलब ३० प्रतिशत रकम वित्तिय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा १ करोड ६ लाख ३१ हजार ८ सय ९७ रकम थप गरि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख ५ हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट सामाजिक विकासतर्फ विनियोजन गरेको छ । उपमहानगरपालिकाले सामाजिक विकास तर्फ ७४ करोड ७८ लाख ३३ हजार विनियोजन गरेको छ । जो कुल बजेटको ४० दशमलब ६४ प्रतिशत हो । उपमहानगरपालिकाले आर्थिक विकास तर्फ कुल बजेटमध्ये १४ करोड ४२ लाख ११ हजार (सात दशमलब ८४ प्रतिशत), पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख ५२ हजार (२४ दशमलब ५३ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७ करोड ७३ लाख २१ हजार (चार दशमलब दुई प्रतिशत) र कार्यालय संचालनतर्फ ४१ करोड ८५ लाख सात हजार (२२ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको छ ।

navjiwan hospital

उपमहानगरपालिकाले सामाजिक सुरक्षाबाट ५० करोड, सडक बोर्ड नेपालबाट १ करोड, अन्य कार्यक्रम अनुदानबाट १ करोड र नगरपालिकाभित्र कार्यक्रम संचालन हुने विभिन्न संघसंस्थाबाट १७ करोड ११ लाख ६२ हजार रकम गरि ६९ करोड ११ लाख ६२ रकम आगामी आर्थिक वर्षमा आय÷व्ययतर्फ थप हुने अनुमान गरेको छ ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा खर्चको भारलाई घटाउने रणनीति अपनाउने भएको छ । ‘करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाइएको छ’ वजेट वक्तव्यमा भनिएको छ ।

उपमहानगरपालिकाले विकास खर्चलाई चालुतर्फमा परिवर्तन गर्न नपाउने, खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न हुने र आफनै आन्तरिक स्रोतले चालु खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने उल्लेख छ ।

उपमहानगरपालिकाले साधन स्रोतको सिमितताले गर्दा उल्लिखित नीतिहरु र नगरबासीले माग गरी पठाएका कार्यक्रमहरु पूर्ण रुपमा आगामी आर्थिक बर्षको बजेटले सम्बोधन गर्न नसकेको उल्लेख गरेकोछ ।

बजेट वक्तव्यमा भनिएको छ –‘सम्बोधन हुन नसकेका त्यस्ता कार्यक्रमहरुलाई पछि प्रकाशित हुने रातो कितावमा ‘योजना बैंक’ का रुपमा प्रकाशित गरि क्रमश लागु गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २६ करोड ८८ लाख ४६ हजार कर संकलन गर्ने अनुमान गरेको छ ।