अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले ओलानी पुरानो अवस्थालाई चिर्दै नयाँ अवस्थामा प्रवेश गरिरहेको बताएका छन ।
शनिबार गोदावरी नगरपालिका – ११ ओलानीमा रहेको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।


उनले ओलानीमा खानेपानी योजना निर्माण भएपछि अहिले मछेली खोलामा टाउकोमा गाग्री ल्याएर पानी लिएर आउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।
‘हामीले चाहेकै हो । पुरानो अवस्था बदल्ने भनेर’ उनले भने ‘हिजो खोलाको अशुद्ध खानेपानी खानुपर्ने अवस्थालाई बदलेर शुद्ध खानेपानी खान पाएका छौ, हिजो चाख्लेखोलामा पुल थिएन् । आज यो पुल निर्माण सम्पन्न हुने क्रममा छ । ओलानीको कृष्ण मन्दिर देखि उत्तर पट्टि साढे १० करोडको लगानीमा सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । अन्य पनि धेरै योजना अगाडी बढेका छन । मोहना सिचाई आयोजना पनि प्रदेश सरकार मातहतमा अगाडी बढेको छ । जसले यहाँको जिवन स्तर बदलिने छ ।’
उनले प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउने भनेर घोषणा गरेको भएपनि प्रदेश सरकारका कारण काम अगाडी बढ्न नसकेको बताए ।
‘हामीले प्रदेश सरकारको सुरुवातमै गोदावरीमा प्रदेश राजधानी बनाउने निर्णय गर्यौ । तर, आफु संलग्न पार्टीले नै कुनै पनि हालतमा यो जमिन प्रदेश सरकारको मातहतमा दिएन’ उनले भने ‘अहिले पनि हाम्रै समर्थनमा माथि देउवा सरकार छ । वहासंग हामीले दुईतिन राउण्डमा कुरा गर्यौ । यो त एकदम राम्रो राजधानी बन्नेबाला छ । बनाउ भनेको को को ले के के कुरा लगाइदिन्छन । हामीले हाम्रो राजधानी बनाउन सकिरहेका छैनौ । यो प्रदेश सरकारको मातहतमा आउन सकिरहेको छ ।’

















