खाेज्नुहाेस

कञ्चनपुरमा १० मतदान केन्द्र थप, केन्द्रको संख्या ३४०

Image

कञ्चनपुर – स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा ३ सय ४० मतदान केन्द्र निर्धारण गरिएका छन् । यसअघि ३ सय ३० मतदान केन्द्र रहेकामा मतदाताको चापलाई मध्यनजर गर्दै जिल्लामा विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ ।

attariya hospital
navjiwan hospital

‘निर्वाचनमा खटिने कर्मचारीको विवरण संकलनको कार्य सुरु गरेका छौ’ कार्यालय प्रमुख जोशीले भने ‘कर्मचारीको विवरण संकलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।’

एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए । तीन सय ४० मतदान केन्द्रमा १ हजार ३ सय ६० कर्मचारीलाई खटाइने छ ।

अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ । थप मतदाता १९ हजार ८ सय गरी यहाँ मतदाताको संख्या २ लाख ९७ हजार ३ सय ४१ रहेको छ ।

निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइँ सरेर गएका १ हजार १ सय मतदाता नामावलीबाट नाम हटाइएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले मङ्सिरयता दुई पटक नामावली संकनको कार्य गरेको थियो ।