डडेल्धुरा – अमरगढी नगरपालिकाको आयोजनामा डडेल्धुरामा महोत्सवको अयोजना हुने भएको छ । चैत्र ८ देखि १० सम्म डडेल्धुराको टुँडिखेलमा ‘डडेल्धुरा महोत्सव २०७८’ आयोजना गर्न लागिएको हो ।
आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको छ । रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । उनले महोत्सवको अवलोकनका लागि शुल्क नतोकिएको बताए ।


उनले भने ‘निःशुल्क हेर्न पाइने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गन मदत पुग्ने छ ।’
महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडा लगायतका स्थानीय प्रस्तुति हेर्न सकिने नगरपालिकाले जनाएको छ ।


















