धनगढी – पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल आज (बिहीबार) हुँदैछ ।

धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब प्रतिष्पर्धा गर्दैछन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । आज दुबै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले २१ लाख नगद तथा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

















