अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटामा रहेको सरस्वती माध्यमिक विद्यालयको वार्षिकउत्सव सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच विद्यालयको ६३औ वार्षिकउत्सव सम्पन्न भएको हो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवम् गोदावरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कर्ण सिँ बोहराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकाश राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिईन भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।


वार्षिक उत्सवको अवसरमा विद्यालयका चालु शैक्षिक सत्रमा भएका विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसका साथै विद्यालयमा रहेका गरिब, जेहेन्दार तथा पढाईमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति पनि वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरज थापाले बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, अभिभावक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यालयको वार्षिक प्रगती प्रतिवेदन विद्यालयका प्रधानाध्यापक थापाले प्रस्तुत गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक महादेव जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षक मोहन देव मिश्रले गरेका थिए ।















