खाेज्नुहाेस

नेपालबाट बाहिरियो पश्चिमी वायु

Image

काठमाण्डौं – नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली बिहीबार साँझ नेपालबाट बाहिरिएको हो ।

navjiwan hospital

यो सँगै पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो पहाडी भेगमा आंशिक बदली हुनुका साथै देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

attariya hospital

आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ ।