खाेज्नुहाेस

भारतमा ४८ हजार संक्रमित थपिदा दोब्बर बढीले कोरोना जिते

Image

एजेन्सी –  भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल ६ लाख १९ हजार सक्रिय संक्रमित रहेका छन् ।

attariya hospital

भारतमा पछिल्लो केही सातादेखि कोरोनाबाट निको हुनेको दैनिक संख्या एक लाख भन्दा बढी रहेको छ । अघिल्लो साता उच्च बिन्दूमा पुरेर ओरालो लागेको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिले घटेको समेत भारतीय सञ्चार माध्यमले जनाएका छन ।