अत्तरिया – शाओमीको रेडमी नोट ११ र रेडमी ९ एक्टिभ सुदूरपश्चिमको बजारमा भित्रिएको छ । केही दिन अगाडी मात्रै नेपालका लागि काठमाण्डौंमा सार्वजनिक गरिएका यी दुई मोडेल सुदूरपश्चिममा भित्रिएका हुन ।
सुदूरपश्चिमका लागि आधिकारीक बिक्रेता जय दुर्गे इलेक्ट्रोनिक्स एण्ड सप्लायर्स धनगढीले दुबै फोन मंगलबार यस क्षेत्रका लागि सार्वजनीक गरेको छ ।

रेडमी मोबाइलका सुदूरपश्चिम सेल्स एक्जीक्युटिव लोकेन्द्र भाटले रेडमी नोट ११ मा फ्ल्यागसिप लेभल ६ एनएमस हितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फमेन्स गर्नुका साथै ५००० एमएचको टिकाउ ब्याट्री भएको बताए ।

यो फोनमा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरा राखिएको छ ।
रेडमी नोट ११ (४–६४जीबी) (४–१२८जीबी) तथा (६–१२८) जीबीमा उपलब्ध रहेको र जसको मूल्य क्रमशः २२९९९, २४९९९ र २६९९९ रहेको सेल्स एक्जीक्युटिव भाटले बताए ।
त्यस्तै सप्लायसैले रेडमी ९ एक्टिभ (४–६४जीबी) पनि सार्वजनीक गरेको छ । ५००० एमएचको ब्याट्री भएको यो फोनको मुल्य १५९९९ रहेको छ । यो फोनमा फिंगरप्रिन्टको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।
जय दुर्गे इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सका सञ्चालक आकाश अग्रवाले दुवै फोनको केक काटेर सुदूरपश्चिमको बजारका लागि सार्वजनिक गरिएको जनाएका छन ।
















