खाेज्नुहाेस

देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा

Image

स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ ।

navjiwan hospital

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले हिंसाविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउन आग्रह गरेको छ। ‘सम्मानले निको पार्छ, हिंसाले चोट पुर्‍याउँछ’ भन्ने सन्देश दिँदै स्वास्थ्य क्षेत्रलाई भयरहित र सुरक्षित बनाउनका लागि दबाब दिन यो विरोध कार्यक्रम आह्वान गरिएको संघका केन्द्रीय सदस्य डा.राकेश शाहले  जानकारी दिए ।

attariya hospital

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् । यसैबिच स्वास्थ्यकर्मीहरूलाई निलम्बन गरिएको घटना सन्दर्भमा दुई बजे संघको कार्यालयमा बैठक डाकिएको छ।