अत्तरिया – कैलालीमा लागू औषध सहित २ जना पक्राउ परेका छन् । आइतबार धनगढी उपमहानगरपालिका – ७ देवरियाबाट अवैध लागू औषध खैरो हेरोइन सहित २५ वर्षीय पवन चौधरी पक्राउ परेका हुन । उनको साथबाट ३२५ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।


यस्तै बर्दगोरिया गाउँपालिका – ३ खैरेनीबाट अवैध लागू औषध खैरो हेरोइन ३४० मिलिग्राम सहित १७ वर्षीय किशोर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
















