खाेज्नुहाेस

कञ्चनपुरमा घरभित्र लुकाइएको अवैध काठ बरामद

Image
file photo

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका – ९ मा घर भित्र लुकाइएको अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरीले ३९ वर्षीय ऐन बहादुर शाहीलाई पक्राउ गरेको हो ।

navjiwan hospital

उनले आफ्नो घर टहरा भित्र लुकाई राखेको अवस्थामा अवैध सिसम जातको काठ गोलिया ४ थान (१७.५५ क्यु.फिट) बरामद गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

उक्त अवैध काठ र शाहीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय पचकडिया परासन पठाइएको छ ।