खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघले भोलि बिहान गेटामा सरसफाइ गर्ने

Image

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघले भोलि (मंगलबार) बिहान गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सरसफाइ गर्ने भएको छ । विश्वविद्यालयको आह्वानमा पछिल्लो समय विभिन्न संघ संस्थाहरुले सरसफाइ गर्ने क्रम जारी रहेका बेला उद्योग वाणिज्य संघले पनि सरसफाइ कार्यक्रममा सहभागिता जनाउन लागेको हो ।

navjiwan hospital

संघले सोमबार एक सूचना जारी गर्दै सरसफाइ कार्यक्रममा गोदावरी नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय गरी रहेका व्यवसायीहरूलाई कार्यक्रममा सहभागिताका लागि आह्वान गरेको छ ।

attariya hospital

संघका अध्यक्ष कमल कडायतद्धारा जारी सूचनामा सरसफाइ कार्यक्रममा सहभागी हुन आउँदा आफू सँग भएको झाडी सफाइका सामानहरू ल्याई सहभागी भइदिन आग्रह गरिएको छ । सरसफाइ कार्यक्रम बिहान ७ बजे देखि सुरु गरिने अध्यक्ष कडायतले बताए ।