खाेज्नुहाेस

उद्यमी बन्न पात पट्याउँदै गोदावरीका एकल महिला

Image

अत्तरिया – लेबरीको काम गर्दै आएकी कमला धामी सालका पात पट्याउन थालेको १ साता पुग्यो । दार्चुला मालिकार्जुन घर भएकी कमला १ बर्ष देखि अत्तरियामा कोठा भाडामा लिएर बस्दै आएकी छिन । २ बर्ष अगाडी श्रीमान गुमाएकी उनी लेवरीको काम गर्दै आएकी थिएन् ।

गोदावरीका एकल महिलालाई उद्यमी बनाउन दुना टपरी बनाउने तालिम दिइरहेको जानकारी पाएपछि भने उनी एक साता देखि सालका पातबाट दुना टपरी बनाउन सिक्दै छिन ।

attariya hospital

‘श्रीमानको दार्चुलामै गाडी दुर्घटना हुँदा मृत्यु भयो । त्यसपछि २ छोराछोरी पाल्न समस्या भयो । त्यसपछि अत्तरियामा लेबरीको काम पाइन्छ भन्ने सुनेर १० बर्ष र ८ बर्षका छोरा ल्याएर यतै बस्दै आएकी छु’ उनले भनीन् ‘यता लेवरीको काम त पाइन्छ । दिनभरी काम गरेर ५ सय हुन्छ ।

त्यही पैसाले घरको खर्च चलाएकी छु ।’ उनले लेवरीको काम भन्दा दुना टपरीको काम गर्न सजिलो हुने सोचेर तालिम लिइरहेको बताईन् ।

‘तालिम राम्रो लागेको छ । तालिम सिकेर रोजगारी पाउँला भन्ने सोचेकी छु’ उनले भनीन् ‘तालिम सकेपछि आफै उद्योग खोल्छु ।

नसके पात ल्याएर यही काम गर्छु ।’ उनले सरकारले एकल महिलालाई उद्यमी बन्नको लागि पनि सहयोग गरे सहज हुने बताईन् । उनले एकल महिला भत्ताले मात्रै जिवन निर्वाह गर्न नसकिने भएकाले सरकारले रोजगार वा उद्यमी बन्न सहयोग गर्नुपर्ने बताइन् ।

गोदावरी नगरपालिका – ६ लालपुरकी कमला कामीले घरको साहारा कोही नभएपछि दुना टपरी बनाएरै भएपनि घर खर्च चलाउने सोच बनाएको बताइन् । उनले तालिम लिएपछि दुना टपरी बेचेर आयआर्जन गर्ने सोच बनाएको बताईन् । श्रीमान संगै भारतको मुम्बइमा बस्दै आएकी गोमाका श्रीमानको ९ महिना अगाडी हर्ट अट्याक भएर मृत्यु भएपछि उनी नेपाल फर्किएकी थिइन् ।

सासु, ७ बर्षकी छोरी र ५ बर्षको छोरा संगै बस्दै आएकी उनले पनि घर खर्च चलाउन लेबरी गर्दै आएकी छिन । ‘मुम्बइमा दुवै जना काम गथ्र्यौ । अचानक श्रीमानको मृत्यु भएपछि छोराछोरी ल्याएर घर आए’ उनले भनीन ‘यता केही काम पाइएन् । अहिले लेवरी गर्ने गरेकी छु । त्यो काम सधै पाइन्न । त्यसैले दुना टपरी बनाएर केही आयआर्जन हुन्छ की भनेर यहाँ आएकी हुँ ।’

कमला धामी र गोमा कामी जस्तै अहिले गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा मानव अधिकारका लागि महिला, गोदावरी एकल महिला समुहले १५ दिने दुना टपरी तालिम आयोजना गरेपछि ४८ जना एकल महिलाले दुना टपरी बनाउन सिकिरहेका छन ।

navjiwan hospital

गोदावरी एकल महिला समुहकी अध्यक्ष माया बिष्टले ३ बर्ष अगाडी देखि गोदावरीका एकल महिला संगठित भएर बिभिन्न सिपमुलक कार्यक्रम संचालन गरिरहेको बताईन् । उनले अन्य तालिम भन्दा पनि दुना टपरी तालिम एकल महिलाका लागि बढी प्रभावकारी हुने बताइन् । ‘हामीले दुना टपरी बनाउने मेसिन पनि ल्याएका छौ ।

यो तालिम लिएपछि महिला दिदी बहिनीहरुले सामुहिक रुपमा जंगलबाट पात ल्याएर बिक्री पनि गर्न सक्छन । यही आएर आफै दुना टपरी पनि बनाउन सक्छन’ उनले भनीन् ‘दुना टपरी बनाउने उद्योगमा गएर पनि महिलाहरुले रोजगार गर्न सक्छन ।’

उनले तालिम दिएपछि समुहबाटै थप मेसिन खरिद गरेर भएपनि महिलाहरुलाई रोजगारी दिइने बताइन् । ‘कसैले आफै पनि उद्योग खोल्न सक्नुहुन्छ’ उनले भनीन ‘लेबरी गर्नु भन्दा आफै सिप सिकेर उद्यमी बन्नु फाइदाजनक छ ।’ उनले स्थानिय सरकार आएपछि एकल महिलाका लागि सहज भएको बताइन् ।

बजारको समस्या छैन

तालिमकी प्रशिक्षक सरिता बुढामगरले दुना टपरीको राम्रो बजार भएको बताईन् । आफै धनगढी उपमहानगरपालिका – १४ ‘एच’ गाउँमा न्यु फुलबारी दुना टपरी उद्योग संचालन गर्दै आएकी बुढामगरले बजारको माग अनुसार दुना टपरी पुगाउँनै हम्मे–हम्मे पर्ने गरेको बताईन् ।

‘मैले पनि ५० हजार लगानीबाट सुरु गरेको दुना टपरी उद्योगमा ६/७ लाख लगानी पुगिसकेको छ’ उनले भनीन ‘उद्योगमा पात टिप्ने, पात पट्याउने, पात गास्ने, मेसिन चलाउने गरि ३०/४० जनाले काम पाएका हुन्छन । कसैले पीसको हिसाबले कम गर्छन भने कसैले ज्यालादारीमा ।’

उनले ४ इन्चि देखि १२ इन्च सम्मको दुना टपरी बनाउने गरेको बताइन् । उनले जंगलबाट पात ल्याउनेले पनि कट्टाको १ सय देखि डेढ सय पाउने गरेको बताइन् । ‘यो बर्ष झनै राम्रो काम भएको छ ।

भदौ देखि अहिले सम्म मात्रै साढे ४ लाखको दुना टपरी बिक्री भयो’ उनले भनीन् ‘दुना टपरीको बजार बढ्दै गएको छ । बिस्तारै बजारमा पाइने पलास्टिकका डिस्पोजल प्लेट बिस्थापित हुँदै गइरहेका छन ।’