कञ्चनपुर – कञ्चनपुरमा एमालेको नयाँ नेतृत्वको लागी मतदान सम्पन्न भएको छ ।
मंगलबार बेलुका ५ बजेदेखी सुरु भएको मतदान राती २ बजेर ४५ मिनेटमा सम्पन्न भएको नेकपा एमाले कृष्णपुर नगरकमिटिका अध्यक्ष गणेश सिँह ऐरीले जानकारी दिए ।


उनका अनुसार निर्वाचनमा कुल ४ सय ९९ सय मत मध्ये ४ सय ७० मत खसेको थियो । निर्वाचनको मतगणना आज बिहान १० बजेदेखी सुरु हुने बताईएको छ ।
नेकपा (एमाले) को ८ औँ जिल्ला अधिवेशन अन्तर्गत कञ्चनपुरमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । महेन्द्रनगरस्थित एमालेको पार्टी कार्यालयमा भएको निर्वाचन सभ्य रुपमा सम्पन्न भएको ऐरीले बताए ।
कञ्चनपुरमा नयाँ नेतृत्वका लागी वर्तमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।
थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द र उपसचिवमा शेरबहादुर चन्द उम्मेदवार बनेका छन् ।
यस्तै बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द चुनावी मैदानमा छन् ।


















