खाेज्नुहाेस

अत्तरियामा आज लाईभ म्युजिक कन्सर्ट हुने

Image

अत्तरिया – कैलालीको अत्तरियामा पहिलो पटक लाईभ म्युजिक कन्सर्टको आयोजना हुने भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आज साँझ अत्तरियामा रहेको माईकिज क्याफेले कन्सर्टको आयोजना गर्न लागेको हो । उक्त कन्सर्टमा नेपाल आईडलमा टप टेनमा पर्न सफल गायक रवि शर्माको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

attariya hospital
navjiwan hospital

कन्सर्टमा लोकल -यापर पान्डे सोल्टाको पनि प्रस्तुती रहने क्याफेका सञ्चालक रमेश कडायतले जानकारी दिए ।

यसका साथै महिलाहरुका लागी मःम कम्पेटिशन र पुरुषहरुका लागी वियर पिउने कम्पेटिशन लगायतका कार्यक्रमहरु पनि कन्सर्टमा समावेश गरिएको उनले बताए ।

आज साँझ ५ बजेदेखी सुरु हुने कन्सर्टमा प्रतिव्यक्ति रु. ५ सय रुपैया कभर चार्जका रुपमा तोकिएको छ ।