खाेज्नुहाेस

अत्तरियामा फेरिदैं किनमेल ‘कल्चर’

Image

अत्तरिया – तिव्र गतिमा बजारीकरणको विकास भइरहेको अत्तरियामा पछिल्लो समय किनमेलको कल्चरमा पनि परिवर्तन आउन थालेको छ । ६० को दशकमा विस्तार भएको अत्तरिया बजारमा अहिले किनमेलको आधुनिक तौरतरिका पनि भित्रिन थालेको छ ।

पछिल्लो समय अत्तरिया बजारमा सामान्य किराना पसलमा सामान किन्ने तरिकामा समेत परिवर्तन आउन थालेको छ । अहिले बजार क्षेत्रमा करिब आधा दर्जनको संख्यामा खुलेका मार्टले यहाँका उपभोक्ताको किनमेलको तरिकामा परिवर्तन ल्याउन थालेका छन ।

attariya hospital

जसले गर्दा अत्तरियामा पनि किनमेलको कल्चरमा आधुनिकता थपिदैं गएको छ । एउटै छानामुनी सबै किसिमका सामान पाइने र आफूले सामान रोजेर किन्न पाइने भएकाले पनि मार्ट ग्राहकको रोजाइमा पर्न थालेका छन ।

१ बर्ष अगाडी अत्तरियाको महेन्द्रनगर रोडमा संचालनमा आएको बीबी मार्टका संचालक लोकेन्द्र जोशीले मार्टमा व्यवसाय फस्टाउँदै गएको बताए । ‘गत बर्षको घटस्थापनाका दिन देखि मार्ट संचालमा ल्याएका थियौ’ उनले भने ‘सुरुको तुलनामा अहिले तिन गुणाले व्यवसाय बढेको छ । त्यही रेसियोमा ग्राहकको संख्या पनि बढेको छ ।’

navjiwan hospital

उनले सुरु– सुरुमा मार्टमा उच्च वर्गका मानिहरु मात्रै आउने गरेकोमा पछिल्लो समय भने सबै प्रकारका ग्राहकले मार्टबाट सामान किन्ने गरेको बताए । ‘सुरुमा सिसाको ढोका देखेर पनि मानिसहरु त्यहाँ छिरेकै टिकट लाग्छ की भन्ने सम्मको कुरा गर्थे । अहिले धेरैले थाहा पाइसकेका छन’ उनले भने ‘अहिले एक चोटी आउने ग्राहक नियमित नै आइरहेका छन । हामीले बिभिन्न चाडपर्वमा अफर पनि दिने भएकाले ग्राहकको आकर्षण बढ्दै गएको छ ।’

अत्तरिया बजारमा प्राय ग्रामिण भेगका मानिसहरु बढी किनमेल गर्न आउने गरेका छन । तर, विशेष गरेर पछिल्लो समय बाह्य सहर तथा विदेशबाट नेपाल आएकाहरुको रोजाइमा भने मार्ट पर्न थालेका छन ।

स्थानिय रबिन्द्र मगरले मार्टको छाताभित्र सबै सामान एकै ठाउँमा किनमेल गर्न पाइने भएकाले आफूपनि मार्टमा समान किन्ने गरेको बताए । ‘सामान्य किराना पसलमा एउटै समान किन्न धेरै ठाउँमा जानुपर्ने हुन्छ । मार्टमा सबै सामान एकै ठाउँमा पाइन्छ’ उनले भने ‘सामान किन्न सजिलो पछि हुन्छ । छिटो किनमेल गर्न पनि सकिने भएकाले समयको बचत हुन्छ ।’

स्थानिय लक्ष्मी राज भट्टले मार्टमा आफैले छानेर गुणस्तरीय सामान आफैले मुल्य हेरेर किन्न पाइने भएकाले सहज हुने बताए । ‘प्राय किराना पसलमा यो सामान कतिको हो, त्यो कतिको हो भनेर सोध्नुपर्ने हुन्छ । यो सामान दिनुस्, त्यो दिनु भन्नुपर्छ’ उनले भने ‘अहिलेको समय अनुसार मार्टमा सामान किन्न सहज छ । यसलाई पोजेटिभ रुपमा लिनुपर्छ ।’

अछामका कृष्ण रावलले अहिलेको समय परिवेश अनुसार मार्ट कल्चर उपयुक्त भएको बताए । ‘मार्टमा शो गरिएको सामानबाट आफै छानेर किन्न पाइन्छ’ अत्तरियामा केही दिन अगाडी खुलेको हेलो मार्टमा समान किनिरहेका रावलले भने ‘यसमा मुल्य अगाडी नै तोकिएको हुनाले मुल्यमा ठगिने सम्भावना पनि हुँदैन ।’ उनले यस्ता मार्ट ग्रामिण क्षेत्रमा पनि बिस्तार हुन आवश्यक रहेको बताए ।

अत्तरिया बजार क्षेत्रमा पछिल्लो समय केही ठूला र मिनी मार्ट खुल्ने क्रम बढ्दै गएको छ । सोही अनुसार मार्टमा किनमेल गर्ने ग्राहक पनि बढ्दै गएको व्यवसायीहरुको भनाइ छ ।