खाेज्नुहाेस

३५ वर्षसम्म महिलाको पेटमा ७ महिनाको बच्चा !

Image

एजेन्सी – अल्जेरियामा एकजना महिलाको पेटमा ३५ वर्षदेखि गर्भ बसिरहेको पाइएको छ । अल्जेरियामा एकजना ७३ वर्षीया महिलाको पेटमा अचानक दुखाई भएपछि चेकजाँच गर्दा ३५ बर्ष पहिले गर्भ बसेको पाइएको हो ।

परिक्षणका क्रममा ती वृद्धा महिलाको पेटमा कैयन् वर्षदेखि सात महीनाको भ्रुण बसिरहको पाइएको छ । आफ्नो पेटमा वर्षौँदेखि गर्भ रहेको कुरामा ती महिला अनभिज्ञता जनाएकी छिन ।

attariya hospital
navjiwan hospital

द सनको एक रिपोर्ट अनुसार यसअघि पनि महिलाको पेट दुख्ने गर्दथ्यो । तर डाक्टरहरूलाई त्यो दुखाइको कारण थाहा थिएन र पत्ता पनि लागेको थिएन । तर पछिल्लोपटक जब उनको पेटमा जबरजस्त पीडा उत्पन्न भयो तब डाक्टरहरूले चेकजाँच गरेसँगै महिलाको पेटमा करीब ३५ वर्षदेखि सात महीनाको भ्रुण रहेको पत्ता लागेको हो । त्यो भ्रुणबाट उनलाई कुनै हानी भने भएको थिएन । भ्रुण एक पत्थरी बनिसकेको थियो । त्यसैले त्यसलाई बेबी स्टोन नामाकरण गरिएको छ । उक्त बेबी स्टोनको तौल करीब २ किलोग्राम थियो । डाक्टरहरूले उक्त पूरानो भ्रुणको नाम लिथोपेडिअन राखेका छन् ।

डाक्टरहरूका अनुसार पाठेघरको साटो पेटमा गर्भ रहँदा यस्तो हुने गर्दछ । बच्चामा निरन्तर रगतको कमीका कारण भ्रुण विकसित हुन पाउँदैन, जसका कारण भ्रुणलाई बाहिर निकाल्ने कुनै तरिका हुँदैन । विस्तारै भ्रुण पत्थरीमा बदलिन्छ ।

ती महिलाको पेटमा रहेको भ्रुण पनि विस्तारै त्यसै गरी बेबी स्टोनमा परिणत भएको हो ।