खाेज्नुहाेस

धनगढीमा छोराको हत्या गरेको आरोप लागेकी सौतेनी आमा भारतबाट पक्राउ

Image

धनगढी – धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई कैलाली प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलनको आयोजना गरेर धनगढी उप–महानगरपालिका–२, मालिका टोलमा बस्दै आएका १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा ३५ वर्षीय सौतीनी आमा मागी रोकायालाई सार्वजनिक गरेको हो ।

रोकायालाई भारतको हरियाणा रोहतक प्रेम चोकबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । अनुसन्धानको क्रममा रोकाया भारतको हरियाणामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा मंसिर १४ गते हरियाणा प्रस्थान गरेको प्रहरी टोलीले उनलाई पक्राउ गरी १६ गते नेपाल ल्याउन सफल भएको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक अधिकरीले बताए ।

attariya hospital

निशान्त सौतनी आमासंगै धनगढी उप–महानगरपालिका–२ मालिका टोलस्थित रोहीणीप्रसाद जोशीको घरमा बस्दै आएका थिए । उनी हिमाल एकेडमीमा कक्षा ३ मा अध्ययनरत रहेका थिए । निशान्त मंसिर २ गते कोठामा मृत फेला परेका थिए भने उनका सौतेनी आमा सोही दिनदेखि फरार रहेको अधिकारीले बताए । अनुसन्धानबाट सौतनी आमाले दुधमा मुसा मार्ने बिषादी घोलेर खुवाएर निशान्तको हत्या गरेको अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

प्रहरी उपरक्षक विश्व अधिकारीका अनुसार प्रारम्भीक अनुसन्धानबाट रोकाया र उनका श्रीमान बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहदा तीन वर्ष अघि देखि नै निशान्त थापामगरकी आमा निर्मला थापामगरसंग विवाह भएको खुलेको बताए ।

navjiwan hospital

‘तीन वर्ष अघि नै मागी रोकाया समेत हाल १४ वर्षको छोरी र ८ वर्षको छोरालाई पढाउन धनगढी बस्दै आएको र बहादुर रोकायाले निर्मलालाई विवाह गरेपछि छोरा निशान्त थापामगरलाई पढाउन धनगढीस्थित हिमालय एकेडेमीमा बोडर्स गरेर राख्दै आएकोमा २ वर्षअघिदेखि श्रीमती मागी रोकाया र छोराछोरीसंगै निशान्तलाई राखेका थिए’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मागी रोकाया र बहादुर रोकायाबिच वादविवाद र झैझगडा भइरने र मागी रोकायाले कार्तिक २९ गते निशान्त विद्यालयबाट फर्किएपछि दुधमा मुसा मार्ने औषधी मिसाई खुवाई सौतेली छोरा निशान्तलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनेर आफ्ना छोराछोरी लगेर भारततर्फ फरार भएको खुल्न आएको छ ।’

उनले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको बताए ।

यसरी घटना बाहिरीयो

बाजुराको खप्तड देडेदह गाउँपालिका वडा नम्बर २ घर भई कैलालीको धनगढी उप–महानगरपालिका–२, मालिका टोलस्थित रोहिणीप्रसाद जोशीको घरमा डेरा गरी बस्दै आएकी ३५ वर्षीय माघी रोकायाको श्रीमान बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरेर श्रीमती (मागी रोकाया) सम्पर्क बिहीन भएकोले उनको बारेमा डेरामा बुझ्न पठाउँदा अगाडिको ढोका मुल ढोका बन्द रहेको र पछाडिको ढोका खुला रहेको । कोठा भित्र पंखा चलिरहेको ।

कोठा भित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको । अन्य मान्छे कोही नभएको आफन्तले प्रहरीलाई जानकारी गराए । ‘तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले बालक मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।