खाेज्नुहाेस

लेखराजलाई इगिंत गर्दै खगराजले भने ‘माओवादी राता कपालको आधारमा बलियो भएको होइन’

Image

अत्तरिया – नेकपा माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेकपा माओवादी केन्द्र राता कपालको आधारमा बलियो नभएको बताएका छन । माओवादी केन्द्र गोदावरी नगरको प्रथम नगर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै भट्टले सो कुरा बताएका हुन । उनले एमालेका सुदूरपश्चिम इन्चार्ज रहेका लेखराज भट्टलाई इगिंत गर्दै भने ‘माओवादी पार्टी गोरा अनुहार र राता कपालको आधारमा बलियो भएको होइन’

लेखराज भट्ट माओवादी केन्द्रका पुर्व सुदूरपश्चिम इचार्ज हुन ।

attariya hospital

उनले एकाध अनुहारहरु ‘ओल्लो घरको नरे पल्लो घरमा सरे’ भन्दैमा उसको पछि लुखुर–लखुर लाग्न आवश्यक नरहेको बताए । ‘एकाध अनुहारहरु ओल्लो घरको नरे पल्लो घरमा सरे भन्दैमा उसको पछि लुखुर–लखुर लाग्ने यो भेडा बाख्राको जमात होइन । यो विवेकशिल कर्मशिल, सिद्धान्तशिल एउटा फौज हो । यो फैज कसैको सति जादैन’ उनले भने ‘यो विचारले बलियो भएको पार्टी हो । यो निष्ठाले बलियो भएको पार्टी हो । यो समर्पणले बलियो भएको पार्टी हो । जनताको सपनाप्रतिको संकल्पबाट जन्मिएको पार्टी हो ।’

उनले माओवादी फेरी जुर्मुराएर उठेर आएको बताए । ‘माओवादी सुतेकालाई बिउझाउन आएको छ । बिउझिएकालाई उठाउन आएको छ । उठेकालाई हिडाउन आएको छ । हिडेकालाई दगुराउन आएको छ । दगुरेकालाई उडाएर एउटा गन्त्यव्यमा पु¥याउने साहस र संकल्प बोकेर आएको छ’ उनले भने ‘एक चोटी माओवादी सिद्धियो भन्नेलाई तनाब भएर निद्रा लाग्ने औषधी खाने ठाउँमा पु¥याउ हामी ।’

उनले माओवादी सकियो भने प्रचण्ड, खगराज भट्टको समापन नभएर देशका गरिव जनताको सपनाको समापन हुने बताए । उनले भने ‘माओवादी जबसम्म रहन्छ । यो देशमा जनताको चौकिदार भएर रहन्छ ।’

navjiwan hospital

इन्चार्ज भट्टले माओवादीका केही नेता गलतबाटोमा लागे पनि उनीहरुलाई सही बाटोमा ल्याउने जिम्मेवारी पनि जनताको भएको बताए ।  ‘माओवादी जनताका घरमा गाँस, कपास खाएर बनेको पार्टी भएकाले यो पार्टी गलत बाटोमा हिडे दण्डित गर्ने अधिकार जनतालाई छ’ उनले भने ‘हाम्रो आलोचना गर्ने अधिकार छ । हाम्रा नराम्रा कामको भण्डाफोर गर्ने अधिकार छ ।’

उनले जनताले साथ दिए नदिए पनि माओवादीले संबिधानले परिकल्पना गरेको नेपाल नबन्दा सम्म एक मुठी सास रहदाँ सम्म र एक थोपा रगत रहदा सम्म यो प्रणालिको रक्षा गर्नका लागि लाग्ने बताए ।

‘अहिले देश असाधारण चुनौतिका बिचमा हिडेको छ । यस संबिधानलाई समाप्त गर्ने खेल हुँदैछ । फेरी पुरानै नेपाल तर्फ यो देशलाई डोह¥याउने सडयन्त्र हुँदै छ’ उनले भने ‘ठूला ठालुको अधिकार कटौति हुँदा राति निद्रा नपर्ने मान्छेहरु अहिले देशमा ताण्डप दृष्य देखाइरहेका छन ।’ उनले जनताको सपनाको, जनताको भावनाको हत्या गर्ने कसाइको  सहयात्री र मलामी बन्ने दुस्साहस नगर्न चेतावनी दिए ।

उनले भने ‘अहिले त बालुवाटारबाट बार्दलिमा मात्रै पुग्नु भएको छ । बार्दलिबाट आर्यघाट पुगाउने दिन आउने छ ।’

उनले अहिलेको गठबन्धनलाई सुदृधताका साथ अगाडी बढाउन चाहेको बताए । यो गठबन्धन संबिधानको मर्म अनुसार बनेको इन्चार्ज भट्टले बताए ।

इन्चार्ज भट्ट प्रमुख अतिथि रहेको प्रथम नगर सम्मेलनको अध्यक्षता माओवादीका गोदावरी नगर इन्चार्ज धर्म सिह कुँवरले गरेका थिए । नगर सम्मेलनले गोदावरी नगरको नयाँ कमिटी गठन गर्ने जनाइएको छ ।