खाेज्नुहाेस

कञ्चनपुरका छ वटै प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न, कुन क्षेत्रमा कसले जिते ?

Image

कञ्चनपुर – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरका छ वटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित भएका छन् । त्यस्तै, उपसभापतिमा जगदीश राना र प्रेम सिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दीपक श्रेष्ठ तथा सहसचिवमा केशव एसके, र चुँडामणि भट्ट निर्वाचित भएका छन् ।

attariya hospital
navjiwan hospital

यसैगरी, निर्वाचन क्षेत्र नम्बर १ को (ख) को सभापतिमा चेतनकुमार राई, उपसभापतिमा रामलाल राना र रंगवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित भएका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को (क) को सभापतिमा झंकर खड्का (पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मीनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित भएका छन् भने सोही निर्वाचन क्षेत्र (ख)को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दीपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को (क) को सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित भएका छन् भने सोही निर्वाचन क्षेत्र (ख)को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् । रासस