खाेज्नुहाेस

पर्यटन प्रर्वद्धनका लागि कृष्णपुरमा ईको पार्क निर्माण हुने

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बाणिमा इको पार्क निर्माण हुने भएको छ । पर्यटन प्रर्वद्धनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पुर्वाधार तथा उपज विकास साझेदारी कार्यक्रम अन्र्तगत वाणीमा रहेको गड्विजुला सामुदायीक वनमा इको पार्क निर्माण हुने भएको हो ।

पार्कको बुधबार नगरप्रमुख कर्ण बहादुर हमालले शिलान्यास गरे । करिब १२ करोड ४२ लाख ६५ हजार १ सय ९३ रुपैयाँको लागतमा निर्माण हुने उक्त गड्विजुला इको पार्कले स्थानियबासीको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने नगरप्रमुख हमालले बताए ।

attariya hospital

डिपिआर अनुसार १२ करोड लगानी लाग्ने भएपनि पहिलो चरणमा पार्क निर्माणका लागी २ करोड ३२ लाख ४३ हजार ९ सय ७ रुपैयामा ठेक्का सम्झौता भएको उनले बताए । उनले बजेट अनुसारको कार्य २०७९ फागुन मसान्तमा सम्पन्न गर्ने गरी बेदकोटमा रहेको जोशी अमृत जे.भी सँग सम्झौता भएको बताए ।

उनले पर्यटन विकास, पर्यटकिय गन्तव्य स्थल निर्माण गरी आन्तरिक तथा बाह्य पर्टकहरुलाई आर्कषित गर्नका लागि उक्त पार्क निर्माण गर्न लागिएको बताए । पार्क निर्माणका लागि सामुदायीक वनले ३८८११.५२ स्क्वायर मिटर क्षेत्रफल उपलब्ध गराएको नगप्रमुख हमालले बताए ।

वृहत आयोजना भएकाले एकै पटकको बजेटले निर्माण सम्भव नहुने बताउदै नगप्रमुख हमालले उक्त इको पार्क निर्माण योजनालाई प्रत्येक वर्ष रकम विनियोजन गर्दै लैजाने र संघ तथा प्रदेश सरकारलाई पनि निर्माणमा सहयोग गर्न आग्रह गरिने बताए ।

navjiwan hospital

गत वर्ष नै नगरपालिकाको ५ लाख बजेटमा उक्त इको पार्कको डिपिआर गरिएको कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नरनारायण जोशीले बताए । उनले इको पार्क निर्माणका लागि सुरुवात चरणदेखि नै आफुहरु लागेको बताए ।

नजिकै नगरउद्यान पनि निर्माण भैरहेको र इको पार्क पनि निर्माण हुदाँ वडा नम्बर २ मा पर्यटन प्रर्वद्धन हुने र वडाबासीको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।

उनले वडाको मात्रै नभई नगरको अर्थतन्त्र विकासका लागि पनि इको पार्क कोशेढुङ्गा सावित हुने बताए । वडामा रहेको गड्विजुला सामुदायीक वन परिसरमा निर्माण भैरहेको उक्त इको पार्क सामुदायीक वन मातहत रहने सामुदायीक वनका अध्यक्ष अक्कल बहादुर बोहराले बताए ।

इको पार्क निर्माण भए सामुदायीक वनमा आवद्ध उपभोक्ताहरुको आर्थिक समृद्धिमा टेवा पुग्ने उनले बताए । वनमा ७ सय उपभोक्ताहरु आवद्ध रहेको बताउदै उनले ति उपभोक्ताहरुको नै मुख्य दायित्व रहने गरी पार्क निर्माण भैरहेको बताए ।

डिपिआर अनुसार पार्कमा बाउन्ड्रि वाल, रेष्टुरेन्ट, अफिस तथा गार्ड घर, शौचालय तथा चेन्जिङ रुम, शिव मन्दिर, ढुङ्गे धारा सहितको स्विमिङ पुल, बालबालिका खेल पार्क, झरना सहितको स्टिल पुल, ल्याण्डस्केप (ढुंगा माटो पानी बोटबिरुवाको सहायताले त्यस ठाउँलाई मनोरम दृश्यमा परिणत गर्ने काम) र फाउन्टेन (पानीको फोहोरा) लगायतका संरचनाहरु निर्माण हुनेछन ।

पहिलो चरणमा पार्क निर्माणका लागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु.२ करोड ४० लाख र नगरपालिकाले रु. १ करोड २८ लाख रुपैया बजेट विनियोजन गरेको थियो ।

ठेक्का आह्वान मार्फत पार्क निर्माणका लागी जोशी अमृत जे.भीले भ्याट सहित रु. २ करोड ३२ लाख ४३ हजार ९ सय ७ रुपैयामा सम्झौता गरेको हो ।