बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–३ कुलखुपानीमा जिप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

मंगलबार बिहान सुपप्र ०१–००१ ज १३१९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा चालक कर्णबहादुर बोहरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला जिपमा सवार एक जना यात्रु भने सामान्य घाइते भएका छन्। घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



















