खाेज्नुहाेस

कैलालीमा भीम रावल पक्षको भेलाबाट छुटै महाधिवेशन प्रतिनिधि छनोट

Image

धनगढी– कैलालीमा महाधिवेशन प्रतिनिधि छनोट गर्न भीम रावल पक्षले छुटै भेला बोलाएर महाधिवेशन प्र्रतिनिधि छनोट गरेको छ । एमालेले आसन्न महाधिवेशन प्रतिनिधिका लागि ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि पठाइसकेको भएपनि उक्त पक्षले भने कैलाली क्षेत्र नम्बर २ बाट छुटै प्रतिनिधि छनोट गरको हो ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले यज्ञराज ढुङगाना, मनोज खड्का, सुर्यबहादुर थापा, रुप रावल, वीरेन्द्र रावल, भीम कुँवर, ममता रावल, गंगा थापा र बसुन्धरा भण्डारीलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताएका छन ।

attariya hospital

यसअघि मेयर बजगाईले सामाजिक सञ्जाल मार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट गर्न भेला आह्वान गरेका थिए । उनले मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएको बताएका थिए । बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

कैलाली क्षेत्र नम्वर २ मा मंगलबार एमालेले गरेको महधिवेशन प्रतिनिधि छनौटमा भीम रावल पक्षले अस्वीकार गरेको थियो ।

navjiwan hospital

यस अघि सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि एमालले रतन थापा, डेजी पाण्डे, दल बहादुर बिष्ट, नर बहादुर खड्का, कमला ओली, टीका थापा, पदम पुरा साउँद, गजेन्द्र स्वार र धरम बहादुर थापामगरलाई छनोट गरिएको थियो ।

उता एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताएका छन ।

उनले पार्टीको आधिकारिक भेलाले मंगलबार नौ जना महााधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको बताए । उनले पार्टीका विरुद्ध गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित खबर 

कैलालीमा महाधिवेशन प्रतिनिधि छनोट गर्न भीम रावल पक्षले बोलायो छुटै भेला

एमाले महाधिवेशनका लागि सुदूरपश्चिमबाट १ सय ६४ प्रतिनिधि छनोट