धनगढी – धनगढीमा इभी हाइसले गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट चोकमा डडेल्धुरातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १५३० नम्बरको इभी हाइसले सडक पार गरिरहेको सुपप्र ०१–००९ प ९५१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन ।

घाइते तीनै जना मोटरसाइकलमा सवार रहेकाे प्रहरीले जनाएकाे छ । उनीहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

घाइते तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले इभी हाइस र चालकलाई नियन्त्रणमा लिएको छ।

















