खाेज्नुहाेस

कञ्चनपुरमा नियन्त्रित लागूऔषध सहित २४ वर्षीय युवक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनीबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

मंगलबार साँझ दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुलमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भीमदत्त नगरपालिका–१८ जानकी टोलका २४ वर्षीय रमेश दमाईलाई चेकजाँच गरेको थियो।

attariya hospital

शंका लागेर जाँच गर्दा उनको साथबाट फेनारगन ६१ एम्पुल साबुत र १४ एम्पुल फुटेको तथा बि.जेसिक ५४ एम्पुल साबुत र २३ एम्पुल फुटेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त लागूऔषधसहित दमाईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।